Showing posts with label बैदेशिक रोजगार. Show all posts
Showing posts with label बैदेशिक रोजगार. Show all posts

नेपाली काँग्रेसका युवा नेता गगन थापालाई खुल्ला पत्र

Saturday, January 14, 2012


आदरणीय सभासद् तथा युवानेता गगन थापाज्यू,

झण्डै तीन करोड जनताको ढुकढुकीको नेतृत्व गरी राख्नुभएका तपाईंप्रति जनताको आशा र भरोसा दुवै छ । राजनीतिक दलका नेताहरुले दिनदिनै साख गुमाउँदै गएको वर्तमान परिप्रेक्ष्यमा तपाईंप्रति भने जनताको सदासयता र विश्वास उर्लंदो छ । तपाईंजस्तो राष्ट्रको होनहार सच्चा राष्ट्रवादी युवा नेतालाई दूरदराजबाट कलमीपत्र लेख पाउनु मात्र पनि ठूलो सौभाग्य ठान्दै यो पत्र लेख्दै छु । प्रसंग झण्डै एक महिनाअगाडि नेपालस्थित एक टेलिभिजन च्यानलमार्फत तपाईंले अमेरिकालगायत विभिन्न विदेशी मुलुकमा बसोबास गरिरहेका नेपालीहरुप्रति लक्षित तपाईंका अभिव्यक्ति । हुन त तपाईंद्वारा अभिव्यक्त ती विचारहरु सच्चा राष्ट्रवादले ओतप्रोत छन्, त्यसमा दुईमत छैन । तर, मुलुकको एउटा सभासद् त्यसमा पनि तपाईंजस्तो होनहार युवा नेताले विदेशमा बस्ने नेपालीलाई गैरनेपालीको दृष्टिकोणबाट हेर्न खोजेको हो कि ? वा विदेशमा बस्ने झण्डै ३० लाख जनतालाई बिरानो ठान्नुभएको हो ? यस्तै आशंका भित्रैबाट सात समुद्रपारि बसेर श्रम बेचिरहेका म जस्ता श्रमजीवीहरुको असन्तुष्टिका कारण पत्र लेख्न बाध्य भएको छु ।

सर्वप्रथम त नेपालमा शान्तिसुरक्षा छैन, नेपालमा आर्थिक अवसर छैन, सामाजिक अवसर छैन, भविष्य सुनिश्चित छैन भन्दै भटाभट विदेश पलायन हुनेहरुमाथि एकाएक तपाईं खनिनुभएको देख्दा अचम्मित मात्र होइन छक्क परेको छु । अर्को कुरा, नेपाल निर्माण गर्छ भनेर जनताका अगाडि शपथ लिएका तपाईंजस्ता सौभाग्यशाली नेताहरुका क्रियाकलापमा खबरदारी गर्नु, तपाईंहरुका चित्त नबुझ्दा उक्त क्रियाकलापको आलोचना गर्नुलाई एक्काइसौं शताब्दीमा तपाईंजस्तो आशालाग्दो नेताले विदेशमा बस्ने नेपालीले हामीलाई गालीगलौज गर्ने, अर्ती उपदेश दिने हाम्रो आलोचना गर्ने भन्दै तपाईंप्रति विदेसिएका नेपालीहरुले अन्याय गरेको तपार्इंको वजनदार बोली सुन्दा कुटुक्क मन कुँडियो । समाजशास्त्रमा स्नातकोत्तर तपार्इंलाई नेपालको भूगोल, नेपालको अर्थतन्त्रदेखि वातावरण र राजनीतिका ज्ञाता तपाईंलाई ग्लोबलाइजेसनको प्रभावले हजारौं अमेरिकन भारतमा काम गर्न पुगेका छन् भने लाखौं भारतीय नागरिक अमेरिकामा बस्छन् भन्ने पनि अवश्य थाहा होला । आर्थिक सम्पन्नतामा अमेरिकालाई चुनौती दिइरहेको चीनका लाखौं जनता अमेरिकामा बस्छन् भने जुन देशका २५ प्रतिशत जनताको आयस्रोत दैनिक १ डलर २५ सेन्ट छैन, त्यो देशका जनतालाई विदेश पलायन हुनुहुन्न भनेर तपाईंको राष्ट्रवादले बोल्ला तर यथार्थमा केही योजना पनि भइदिए यी प्रवासी नेपालीहरु हर्षित हुने थिए र नेपालमा आई बस्न तयार हुने थिए, सभासद ज्यू । देशको प्रतिव्यक्ति आय १०४९ अमेरिकी डलर छ, जुन देशमा झाडापखाला लागेर जीवनजलको अभावमा मात्र पनि सयौं मानिस मृत्युवरण गर्न बाध्य छन् । त्यो देशको नागरिकलाई आफ्नै भूगोलभित्र सीमित राख्नका लागि खोइ त तपाईंले आफ्नो दायित्व निर्वाह गरेको ? खोइ त संविधान निर्माण गर्नुभएको ? कमसेकम बेलामा संविधान निर्माण गरेको भए त जति पलायन हुनु थियो भए, अरु नागरिकले पलायनको बाटो अपनाउने थिएनन् । संविधान निर्माणको ढोका विदेशमा बस्ने नेपालीले त पक्कै बन्द गरेका छैनन् त ? लोकतन्त्रको लडाईंमा चावहिल चोकमा कयौं पटक कुर्लनुभएका तपाईंलाई जनताले ठूलो विश्वास गरेका छन् । संविधानसभामा तपाईं प्रतिनिधि भएर जानुभयो भने पक्कै पनि केही परिवर्तन हुनेछ, अन्य राजनीतिज्ञभन्दा तपाईंका मत केही फरक हुनेछन् र परिवर्तनको संवाहक हुनेछ भन्ने जनताको अपेक्षा थियो । तर, के गर्नु चार–चार पटक म्याद थप हुँदासम्म तपाईं पनि त्यही कित्तामा उभिएको आज जनता टुलुटुलु हेर्न बाध्य छन् । कोही पनि नेपाली सौख पूरा गर्न मात्र आफ्नो भूगोल नाघेर विदेशी भूमि सिञ्चित गर्न जाँदैन र जानुहुँदैन आफ्नै माटोलाई पसिनाको मोल दिनुपर्छ । अवश्य पनि सुन्दर छन्, यस्ता पवित्र विचारहरु तर के गर्नु सभासद्ज्यू विकट गाउँमा दिनभर खोरिया खन्दा–खन्दा पेटभरि खान नपाउने धेरै जनता छन्, हामीसँग । दाल, चामल, नुनतेल, लत्ताकपडा अनि ज्वरो आउँदा सिटामोल त किन्नुप¥यो नि होइन र ? यस्ता दैनिक उपभोग्य वस्तुहरु फोस्रो राष्ट्रवादको बार्टर सिस्टममा नेपालभित्र खरिद गर्न पाइने भए अवश्य पनि ती ३० लाख जनता आफ्नै माटो सिञ्चित गर्न फर्कने थिए ।

संविधानसभा चुनाव सम्पन्न भएको झण्डै चार वर्ष पुग्न लाग्यो । ४४ महिनामा ५१ हजार प्रतिव्यक्ति, प्रतिमहिना ६०१ सभासद्ले तलबभत्ता थाप्दा मोटामोटी १ अर्ब ३४ करोड ८६ लाख ४४ हजार राज्यले खुवाइसक्यो, संविधान निर्माण हुन सकेको छैन । तर, यसबीचमा एक जना सभासद् निस्किएनन्, जसले म तलबभत्ता लिन्न भनेर । न्यूयोर्क राज्यका मेयर माइकल ब्लुमवर्ग तलबभत्ता जे भने पनि जम्मा १ डलर लिन्छन् । त्यो पनि अमेरिकी कानूनअनुसार सित्तैमा काम गर्न नमिल्ने भएका कारण । जबकि उनको अफिसियल तलब १ लाख ९५ हजार अमेरिकी डलर हो । तर, भन्नुहोला ब्लुमवर्गजस्तो हामी कहाँ धनी हो र ? भनेर । धनसम्पत्तिले कसैलाई पुग्दैन, असीमित चाहना हुन्छन् । यसको बारेमा तपाईं पनि राम्रै ज्ञाता हुनुहुन्छ । जुन देशको कुल गार्हस्थ उत्पादन १२ बिलियन अमेरिकी डलर छ, त्यो देशका सभासद्ले मात्र प्रतिमहिना तीन करोड तलबभत्ता लिने गर्दछन् तर जनताको अवस्था त्यस्तो छ, भासद्ज्यू । अनि कसरी सम्भव होला तपाईंले भनेजस्तो विदेश जानुभएन, यहीभित्र अवसर खोजी गर्नुप¥यो भनेर, के सम्भव होला र ? सबै जनता तपाईंजस्ता भाग्यमानी हुँदैनन्, सभासदज्यू, जो जन्मँदै इञ्जिनियरको छोरो भएर जन्मियो । सबै जनाको भाग्य त्यस्तो हुँदैन, जसले तपाईंले जस्तो सुविधासम्पन्न सिद्धार्थ वनस्थलीबाट शिक्षा हासिल गर्न पाओस् । विद्यालयको अनुहार नै देख्न नपाएका लाखौं जनता छन्, हामीसँग । यस्ता जनताले विदेश जाने मौका पाए भने … ? बन्दोबस्त र वातावरण त निर्माण गरिदिनोस् अनि त्यसपछि तपाईंले भन्नै पर्दैन, आफैं रोकिन्छ सबै नेपाली त्यही सीमारेखाभित्र । राज्यले वार्षिक १०० मिलियन अमेरिकी डलर लगानी गरेको एक लाख पाँच हजार सेनालाई त काम दिन सकिराख्नुभएको छैन, उत्पादनमूलक क्षेत्रमा खटाउन सक्नुभएको छैन । अनि किन धिक्कार्नु हुन्छ सुन्दर सपना सजाएर विदेशमा कर्म गर्न जानेहरुलाई सभासद्ज्यू, यो अलि न्याय भएन कि ? हुन त तपाईंका अभिव्यक्तिहरुबाट प्रष्ट भइसकेका छन्, विदेशमा बस्ने नेपालीले हामीलाई खबरदारी किन गर्ने, किन अर्ती उपदेश दिने भनेर । तर पनि क्षमा माग्दै मनमा नअडिएर यो पत्र लेख्दैछु ।

सभासद्ज्यू, अर्को कुरा डीभी परेर अमेरिका जाने नेपालीले आजदेखि मैले नेपाली नागरिकता त्याग गरें, म अमेरिकन भएँ, भन्ने खुसियालीमा नातागोता आफन्त बोलाएर भोजभतेर गर्छ भने तपाईंको अर्को अभिव्यक्ति पनि त्यति जायज देखिँदैन । सभासद्ज्यू डीभी पर्नु भनेको नेपालको नागरिकता त्याग गर्नु अवश्य पनि होइन । यति लामो समयदेखि नेपालमा सञ्चालित अमेरिकी सरकारको कार्यक्रमका बारेमा तपाईंसम्मलाई राम्रोसँग जानकारी नहुनु दुःखद् कुरा हो । डीभी परेपछि नेपालीहरु अमेरिकामा कानूनसम्मत तरिकाले बस्न, काम गर्न पाउँछन् । त्यति मात्र हो, ऊ नेपाली नागरिक नै हुन्छ, उसले अमेरिकी नागरिकता ग्रहण नगरेसम्म । तपाईंहरु जस्तै नीतिनिर्माताले निर्माण गरेको कार्यक्रमअन्तर्गत नेपालमा जस्तो घरघरमा र चौतारी तथा बुथमा गएर नागरिकता बाँड्ने चलन अमेरिकामा छैन सभासद्ज्यू । कुनै पनि कानुनी प्रावधान पूरा गरेर यदि उक्त व्यक्तिले नागरिकता लिन चाहेमा अमेरिकी नागरिक हुन सक्छ न कि तपाईंले भनेजस्तो डीभी प¥यो, म अमेरिकी नागरिक भएँ, त्यो होइन सभासद्ज्यू । डीभी परेर खुसी हुनुलाई तपाईंले नेपालको नैतिक धरातल कहाँ छ, त्यो प्रष्ट भएको बताउनुभएको छ । महिनामा ५ हजारको जागिर नपाएर रुमल्लिएको बीए पास युवालाई डीभी प¥यो भने किन खुसी नहोस् । लगानी गर्न पुख्र्यौली सम्पत्ति छैन, बैंकले ऋण दिन्न, भएको सम्पत्ति पढाइमा लगानी गर्दै सक्यो, राज्य उदासिन छ, नेताहरुलाई मोजमस्ती नै छ, कसले जिम्मा लिने त्यस्ता युवाको ? सभासद्ज्यू । अनि त्यस्तो युवा डीभी परेर खुसी नहोस् ? बाँच्नु त प¥यो नि सबै जना होइन र ? तपाईंको उक्त अभिव्यक्ति नेपालमा डीभी आवश्यक छैन भन्नेतर्फ इंगित छन्, जस्तो लागेको छ । कतै यस्तो नहोस् कि बाँदरले आफ्नो घर पनि बनाउँदैन अरुको घर पनि बाँकी राख्दैन । कमसेकम रेमिट्यान्सकै भरमा चलेको राज्यलाई केही भरथेग त भएको छ ।

नेपालीहरु विदेश गएर बस्नै हुन्न, गएर बसे पनि नेपालको आर्थिक, सामाजिक, राजनैतिक प्रणालीमाथि टीकाटिप्पणी गर्ने उनीहरुको हक अधिकार छैन भन्ने अभिव्यक्ति भन्दा पनि अझ चोटिलो अर्को अभिव्यक्तिका बारेमा चर्चा नगर्नु अझै अन्याय हुनेछ । त्यसैले पत्र अलि लामो नै भए पनि उक्त प्रसंग कोट्याउने अनुमति माग्दछु ।

नेपालीहरु विदेश जाने भनेको नेपालमा भएको झिटीगुण्टा समेत बेचेर जाने हो । उनीहरु विदेश गएपछि स्थायी नागरिक भएर बस्ने हो । उसले सम्पत्ति जोड्दा पनि त्यहीँका लागि जोड्छ । देशमा वर्षको ५० मिलियन डलर त भारतीय र ब्रिटिस सेनामा काम गरेका सिपाहीको कारण भित्रिन्छ । मिलियन डलर प्रत्येक महिना खाडी मुलुकलगायत यूरोप, अमेरिका, अष्ट्रेलियालगायतका देशहरुमा बसेका नेपालीहरुका कारण भित्रिन्छ । मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सकै कारण चलेको विश्व बैंकको रिपोर्ट सार्वज्निक भएका छन् । तर, म अचम्मित भएको छु कि सभासद्ज्यूलाई भने किन महसुस भएन, विदेशमा बस्ने नेपालीहरुको नेपालप्रतिको योगदान । देशको अर्थतन्त्रमा ठूलो टेवा दिँदै आएका प्रवासी नेपालीहरुको अझ ठूलो योगदान सामाजिक क्षेत्रमा छँदैछ । क्यालिफोर्नियाको लस एञ्जलसमा बसेर पोखरा र डोल्पामा विद्यालय निर्माण गर्ने तारा गुरुङ अनि न्यूयोर्कमा बसेर भोजपुरको तिवारी भञ्ज्याङमा विद्यालय निर्माण गर्ने लीला राईजस्ता कयौं व्यक्तित्व विदेशी भूमिलाई मलजल गरे पनि साँचो माया भने स्वदेशलाई नै गरेका छन् । तारा गुरुङ र लीला राई त सानो उदाहरण मात्र हुन् । हामीसँग हजारौं यस्ता उदाहरण छन्, जसले प्रवास बसाइँकै क्रममा स्वदेशलाई योगदान दिएका छन् । सभासद्ज्यू भन्दा अलि तीतो हुन सक्छ, मुलुकको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल जहाँबाट तपाईं स्वयम् पचासौं पटक विदेश भ्रमण गर्नुभयो होला । तर, दैलोमा बसेर तपाईंहामी सबैलाई गिज्याउने थोत्रा ट्रली फेर्नसमेत ती विदेशी नेपालीहरुको संगठन पुग्नुपर्ने कस्तो विडम्बना थियो । यो एउटा उदाहरण मात्र हो । राजनैतिक योगदानको कुरा गर्नुहुन्छ भने लोकतान्त्रिक आन्दोलनले स्थापित गराएको तपाईंलाई त अमेरिकामा बस्ने नेपालीहरुले अझ ऋणी बनाएका छन् । नेपालस्थित टेलिभिजन च्यानलबाट प्रवासी नेपालीहरुप्रति तपाईंको अभिव्यक्ति सुनेका नेपाली कांग्रेसका महासमिति सदस्य आनन्द विष्टले अत्यन्त नमीठो मान्दै लोकतान्त्रिक आन्दोलनमा अमेरिकाबाट पु¥याएको योगदानको स्मरण मलाई समेत गराए ।

सभासद्ज्यू, तपाईंहरु कुनै दिन बाटो बिराएको बटुवाझैं रत्नपार्क र बागबजारमा ३०÷३५ को संख्यामा आन्दोलनमा रुमल्लिइरहँदा तपाईंहरुलाई दुनियाँले खिल्ली उडाउँथ्यो । त्यतिबेला तपाईंहरुको आन्दोलनको न जनतालाई चासो थियो, न अन्तर्राष्ट्रिय जगतलाई । त्यस्तो विषम परिस्थ्तििमा त्यही अमेरिकामा बस्ने नेपालीहरुले १८ वटा ¥याली संयुक्त राष्ट्रसंघ र ह्वाइटहाउस अगाडि प्रदर्शन गरेका थिए । तत्कालीन राजतन्त्रको विरुद्धमा पहिलो बिगुल अमेरिकामा बस्ने नेपालीहरुले फुकेका थिए । त्यति मात्र होइन, संसारभरिका मानवअधिकारवादी संगठन र युरोपियन युनियनलाई घचघच्याउने काम गरेका थिए । त्यसपछि मात्र नेपालमा आन्दोलन अर्को चरणमा प्रवेश गरेको थियो । त्यसपछि तपाईं गणतन्त्रवादी नेता हुनुभएको थियो ।

अन्त्यमा,

अनि कसरी छैन विदेशमा बस्ने नेपालीको योगदान नेपालप्रति ? विदेशमा बस्दैमा विदेशी नागरिक बन्नुपर्छ भन्ने केही छैन । नेपालीहरु विदेश पलयान भएकै कारण नेपालको यो दुर्दशा भएको हो भन्ने मलाई लाग्दैन । तपाईंहरुजस्ता राजनीतिज्ञमा फोस्रा राष्ट्रवाद मात्र देखिएको कारण राजनीतिज्ञमा इमानदारिता, नैतिकता दुवै नभएका कारण र व्यक्तिगत स्वार्थको कारण मुलुकको यो अवस्था आएको हो भन्ने हाम्रो ठम्याई छ । त्यसैको परिणाम विदेश पलायनको बाटो रोज्न बाध्य भएका हुन् नेपालीहरु । त्यसैले सभासद्ज्यू, माईक अगाडी बोल्दा अलि ध्यान पु¥याउनु भयो भने तपाईको बढ्दो राजनीतिक प्रभावमा ब्रेक लाग्नेछैन ।

विजय पौडेल, न्यूयोर्क, अमेरिका
READ MORE - नेपाली काँग्रेसका युवा नेता गगन थापालाई खुल्ला पत्र

श्रीमतीसँगै नागरिकता पनि हरायो

Friday, January 13, 2012

लाई यो जिन्दगीले कहाँ पुर्‍यायो, कहिले हँसायो कहिले रुवायो…….।’ रामकृष्ण ढकालले गाएको यो गीतमा जस्तो जिन्दगीले नेपालदेखि मलेसियासम्म पु-याए पनि कहिले पनि हसाएन भीमबहादुरलाई । बरु एकपछि अर्को सपना देखाउँदै तीनै सपना पनि भताभुङ पारेर रुवायो मात्र । दोलखाको कालिञ्चोक गाविस-७ स्थायी घर भएका भीमबहादुर नेवारको पीर-व्यथा उनकै शब्दमा ।

आमाको माया अनि बुबाको स्नेह कस्तो हुन्छ मलाई थाहा छैन । म तीन महिनाको थिएँ रे बुबाको स्वर्गवास हुँदा । चार वर्ष नपुग्दै आमा पनि बित्नुभयो । बाल्यकालमै टुहुरो हुन पुगेको म दाईको संरक्षणमा हुर्किएँ । आर्थिक अवस्था पनि नाजुक हुनाले त्यति पढ्न पनि सकिन । जब १५ वर्षको भएँ कामको खोजीमा काठमाडौँ आएँ । त्यहाँ एउटा फर्निचरमा काम गर्न थाले । काठमाडौँको ठाउँ न हो, के नै कमाई हुन्छ र जेनतेन खान र बस्न मात्र पुग्थ्यो । चार-पाँच वर्ष काठमाडौँमा बस्दा झापा स्थायी घर भएकी अनिता नाम कि एक युवतीसँग चिनाजानी भयो ।
आजको चिनजान, भोलिको प्रेम अनि विवाह पनि भयो । विवाह गरेको एक वर्ष नपुग्दै काठमाडौँमा मेरो कमाइले मात्र दुईजनालाई निवार्ह नहुने भएपछि श्रीमतीकै सहमतिमा विदेश जाने निर्णयमा पुगें । तीन वर्षजति विदेशमा काम गरी कमाएर ल्याउने अनि गाउँमै गएर दुःखसुख गरेर बस्ने सपना बोकी गाउँकै साहुसँग सयकडा पाँच रुपैयाँ व्याज तिर्ने सर्तमा चावहिलस्थित एटलस मेनपावरमा नब्वे हजार बुझाएर मलेसियाको क्वालालम्पुर नजिकै शाहआलमस्थित प्लाष्टिक कम्पनीमा आइपुगेँ । जब कम्पनीमा आएँ तव थाहा पाएँ, कम्पनीमा दैनिक आठ घण्टा भन्दा काम चल्दोरहेनछ । महिनाको चार-पाँच घण्टा मुस्किलले ओभर टाइम आउँथ्यो । ‘नहुने मामा भन्दा कानो मामै निको’ भन्ने सोचेर काम गरिनै रहेँ ।

आज भन्दा भोलि झन्झन् कम्पनीमा काम कम हुँदै गयो भने नेपालमा साहुको व्याज धेरै । दुई वर्षसम्ममा खाइनखाई साहुको ऋण त तिरें तव नाजुक बन्दै गएको मैले काम गर्ने कम्पनी बन्दै भयो । अब के गरौ ? घर जाउँ भने कमाएको केहि छैन, काम गरौ भने कम्पनी पनि बन्द भयो । त्यसैले आफूलाई ल्याउने मलेसियास्थित एजेण्टलाई गुहारें । उसले पनि आवश्यक शुल्कः लिएर मलाई जोहोरवारुस्थित प्लास्टिक कम्पनीमा काम लगाइदियो । कम्पनी ठीकै थियो, वव नयाँ कम्पनीमा आएँ, मेरो मरिसकेको आशा फेरि पलाउन थाल्यो । कमाई पनि राम्रै थियो । खाइपिई बचेको पैसा घरमा श्रीमतीलाई पठाइरहेको थिएँ । तर, त्यो खुसी धेरै दिन टिकेन । एक्कासि मलाई पेट दुख्ने समस्याले सताउन थाल्यो ।

कम्पनीको सामान्य उपचारले निको नभएपछि अलि राम्रो अस्पतालमा गएर उपचार गराउनुपर्ने भयो । मलाई त पत्थरी पो भएछ । डाक्टरले भने- अपरेशन गर्नुपर्छ, त्यसका लागि ६ हजार रिंगेट लाग्छ । मर्नुभन्दा बोहुलाउनु निको ठानी साथीहरुको सहयोग र सरसापट वटुलेर अप्रेशन पनि गराएँ । अनि फेरि केहि दिन आरामा गरेर काममा फर्किएँ । सुरुको कम्पनी छाडेपछि म सँग मलेसिया बस्ने कानुनी आधार थिएन । सधैं डर लागिरहन्थ्यो, कतै पुलिसले पक्रने हो कि भन्ने । तर दैव संयोग म र मजस्ता अवैधानिक विदेशी कामदारका लागि मलेसिया सरकारले घर र्फकने वा यहिँ वैधानिक बनेर बस्ने भन्ने अवसर दियो । यो खुसीको अवसरलाई सदुपयोग गर्दै नेपाल र्फकने र परिवारसँगै बसेर इलम गर्ने कल्पनाले म त्यसै-त्यसै प्रफुलित भएको थिएँ ।

सायद मेरो भाग्यमा खुसी भन्ने लेखेकै थिएन क्यारे, नेपाल गएर घरपरिवारसँगै रमाइ-रमाई काम गर्ने कल्पना पनि तासको घर ढलेझैं ढल्यो । मैले यहाँ पसिना बगाएर खाइ-नखाई जम्मा पारेर नेपाल पठाएको पैसा र मेरो वंश चिनो काखे नानी च्यापेर श्रीमती त अर्कैसँग भागिछ । यो खबर सुन्नासाथ एकाएक रिंगटा लाग्न थाल्यो, आफूले टेकेको जमिनै भासिएजस्तो भयो । उसकै खुसी र हाम्रो उज्वल भविष्यका निम्ति भनेर नै त आफ्नो जन्मभूमि छोडेर सात समुन्द्र तरेको थिएँ । तर आज उसले……. भाग्यको ठगेको यही दुःखीमाथि झन् ठूलो बिपत थपेर गइ । म के लिएर घर जाउँ ? हातमा कौडी छैन, यत्रो वर्षको लगानी पानीमा बगेको म कसरी सहुँ ? म कसरी हेरुँ त्यहाँ पुगेर ? मन सम्हाल्न निकै गाह्रो भयो । तैपनि हरेस खाएर मात्र त केही हुने हैन् । सोचें- अब म घर जान्न, एक वर्र्ष यहीं बसेर काम गर्छु अनि केही रकम कमाएर नेपालमै फर्किएर उद्यम गर्छु ।

वैधानिक हुने भएपछि कम्पनीको साहुले नै मलगायत अरु अवैधानिक नेपाली साथीहरुलाई पासपोर्ट बनाउनका लागि क्वालालम्पुरस्थित नेपाली राजदूतावासमा लिएर गयो । यहाँ पासपोर्ट बनाउनको निमित्त सक्कली नागरिकता चाहिँदो रहेछ । अरु साथीहरुले त घरबाट नागरिकता मगाए । तर म मलेसिया आउने बेलामा नागरिकताको प्रतिलिपि मात्र ल्याएको थिएँ भने सक्कली नागरिकता श्रीमतीलाई नै राख्न दिएको थिएँ ।

अहिले श्रीमतीसँगै नागरिकता पनि हरायो । अब म त्यो कहाँबाट ल्याऊँ ? दूतावासमा कुरा राख्दा सक्कली नागरिकताविना पासपोर्ट दिन मिल्दैन भन्छ । घर जाउँ भने पनि मसँग एक सुको पनि पैसा छैन । यहि काम गरौँ भने पासपोर्ट नहुँदा मलेसियाले काम गर्न दिने कुरै भएन । यतिबेला म चरम निराशा र दोधारको संघारमा छु । यो भाग्य भन्ने चीजले पनि जो दुःखीलाई मात्रै ठग्दोरहेछ पटकपटक । बुबाआमा गुमाए, श्रीमती, सन्तान र यत्रो वर्षको कमाई गुमाएँ । सँगै मर्ने सँगै बाँच्ने कसम खाएकी जीवनसँगिनीले धोका दिँदा आज म प्रवासी भूमिमा अनागरिक भइरहेको छु, आज गरिखान पनि नपाउने गरि अलपत्र परेको छु । बाबुआमा भएको भए सायद कागजात पठाउँथे होला । आज यो प्रवासी भूमिमा म नितान्त एक्लो, असहाय भएको छु, आफ्नै धर्मपत्नीले धोका दिँदा ।

-(मलेसियाको जोहोरवारुमा भरत रिमालले गरेको कुराकानीमा आधारित )

श्रोत: अनलाईन खबर
READ MORE - श्रीमतीसँगै नागरिकता पनि हरायो

ठग गिरोहसँग झलनाथको सम्बन्ध !

Wednesday, December 21, 2011


मकाओ पठाउने भन्दै करोडौं रुपैयाँ ठगेर फरार भएका एक म्यानपावर सञ्चालकको सम्बन्ध एमाले अध्यक्ष झलनाथ खनालका ‘सल्लाहकार’सँग रहेको खुलासा भएको छ । मानव तस्करी गरेको आरोप लागेपछि यसै साता फरार भएका केशबहादुर गुरुङलाई प्रहरीले धुइँपत्ताल खोजे पनि फेला पार्न सकेको छैन । तर, स्रोत भन्छ- ‘उनलाई यसरी खोज्नै पर्दैन, एमाले नेताका सल्लाहकारलाई सोभियत ढकाललाई समाते भइहाल्छ ।’

आफूलाई तत्कालीन प्रधानमन्त्री झलनाथ खनालका राजनीतिक सल्लाहकार बताउने अखिलका पूर्वउपाध्यक्ष सोभियत ढकाल र हाल फरार रहेका केशबहादुर गुरुङबीचको व्यापारिक सम्बन्ध रहेको तथ्य आफूले फेलापारेको भन्दै जनआस्था साप्ताहिकले छापेको छ ।

खनाल प्रधानमन्त्री भएका बेला गत वैशाख १२ गते ढकाल र गुरुङ मकाओमा मान्छे पठाउन भन्दैसँगै हङकङ पुगेका थिए । हङकङमा दुई साता बसेर उनीहरुले त्यहाँका महावाणिज्य दूत एवं माधव नेपालका भाइ विनोद उपाध्यायलाई समेत भेटेका थिए ।

यो घटनाबारे एमाले अध्यक्ष झलनाथ खनाललाई जानकारी नहुन सक्छ । उनले केशबहादुर गुरुङलाई पनि चिन्छन् या चिन्दैनन् तर, आफूलाई खनालको सल्लाहकार बताउने व्यक्तिसमेत घटनामा मुछिएपछि झलनाथलाई झमेला भने आइलागेको छ ।
READ MORE - ठग गिरोहसँग झलनाथको सम्बन्ध !

वैदेशिक रोजगारको आक्रषक केन्द्र बिन्दु - अफगानिस्तान

Friday, October 7, 2011


इराकपछि अफगानिस्तान नेपाली युवाहरुको लागी वैदेशिक रोजगारको आक्रषक केन्द्र बिन्दु बनेको छ । राष्ट्रसंघीय बेस र बाहिर गरेर अनुमानित २५ हजार नेपाली कामदार रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन -सार्कको सदस्य राष्ट्र अफगानिस्तानमा धमाधम त्यहाँ कम्पनीहरू खुल्ने क्रममा र यहाँ कतिपय साना तीन कम्पनीहरु बन्द हुने पनि गर्छन् । त्यसैले तपाईंको पैसा कमाउने सपना छताछुल्ल हुन सक्छ । यहाँ आउनको लागि कुनै शुल्क लाग्दैन सबै खर्च रोजगार कम्पनीले उप्लब्ध गराउछ तर पनि कैयौ नेपाली, भारतीय र बङलादेशी कामदारहरु दलालको फन्दामा परेर २ देखी ३ लाख सम्म खर्चा गरेर आउछन । यदी तपाईंहरु पनि अफगानिस्तान तिर आउनको लागि इच्छुक हुनु हुन्छ, भने निशुल्क यहाँ सम्म आउने विकल्प अनलाइन भर्पर्दो मध्यम हो । तपाईंहरुले पनि आफ्नो CV घरमै बसेर Apply गर्न सक्नु हुने छ । यहाँ तल केही अफगानिस्तान अव्स्थित कम्पनीको जानकारी दिएको छ । "दलालको फन्दा, बाट जोगियौ र अरुलाई पनि जोगाउ ।" तपाईंको सफलताको शुभ कामना ।

01. DynCorp International
02. Supreme Group
03. Flour
04. Global Security
05. Millar Cameron
06. Recon International
07. Ecolog International
08. Prime Project International
09. Fedex
10. DHL

Online Job Apply in Afghanistan
READ MORE - वैदेशिक रोजगारको आक्रषक केन्द्र बिन्दु - अफगानिस्तान

नेपाली कामदारको हकहितको लागि संघ सस्थाहरु

Wednesday, October 5, 2011


खाडी मुलुक भनेको नेपाली कामदारको लागि बैदेसिक रोजगारको पहिलो गन्तब्य स्थल हो । त्यसैले गर्दा खाडी मुलुकमा कामदारको संख्या दिन दुगुना रात चौगुना भै रहेको छ अनी अहिले तिब्रदरले बिभिन्न किसिमको समस्या झेल्न लाचार छन । त्यसरी नै यहाँ नेपाली कामदारको हकहितको लागि संघ सस्थाहरु पनि संगठित तिव्रदरले नभएको हैन तर समस्या जस्तोको त्यस्तै ? यहाँ कामदारको हकहितको लागि बिभिन्न किसिमको निकाय भएर पनि त्यस्को कसरी पलना गर्ने र कसरी यस्तो किसिमको जोखिमबाट बाँच्न सकिन्छ भन्ने जनचेतना ल्याउने कार्यक्रम प्रचारप्रसार गर्न संघ सस्थाहरु को किन कजुसाइ ...?

अहिले प्रमुख समस्या माथि गौर गरिएन भने, भोलिको दिनमा नेपाली कामदारले ठुलो दुर्घटना निम्त्याउन सक्छ ।
(१) रोजगारदाताबाट बक्यौदा पत्र अनुसारको तलब र अन्य सुबिधा नपाउनु ।
(२) मेनपावर कम्पनीहरुबाट गैरकानुनिरुपले कामदार पठाउनु ।
(३) धेरै कमाउने सपनाले मनमानीरुपले कम्पनिबाट भागेर अर्को ठाउँमा काम गर्ने ।
(४) मादक पदार्थ सेवन, फौजदारी, झगडा वा ट्राफिक नियमको उल्लंघन गर्नु ।
READ MORE - नेपाली कामदारको हकहितको लागि संघ सस्थाहरु

मजदुर दिवस, खोक्रो नारामा मात्रा सिमित किन ?

Monday, September 5, 2011

Photo By:-SuperStock.com
कहाँ गरिएको छ मजदुरको मुल्याङ्कन र सम्मान ? मजदुर दिवस भन्ने एउटा दन्ते कथा र क्यलेन्डरमा मात्रा सिमित रहेको छ । जहाँ एउटा मजदुरले काम गरेन भने आज भोकै बस्नु पर्ने बध्यता छ ।

मजदुर दिवसको दिन सजाइएको टोबासकोको बोतल
READ MORE - मजदुर दिवस, खोक्रो नारामा मात्रा सिमित किन ?

बैदेशिक रोजगारमा जाने, नेपाली नागरिकको आकडा, कुन निकाया वा कुन मन्त्रलयले राख्ने ?

Friday, August 26, 2011


नेपालको अर्थतन्त्रलाई टेवा दिने, एकमात्र ठुलो आर्थिक आयश्रोत भनेको बैदेशिक रोजगार हो तर कुन देशमा कती नेपाली कामदार छन, भन्ने लेखा राख्ने कोही छैन बैदेशिक रोजगार सम्बन्धी लेखा राखनु पर्ने सम्बन्धित निकायको वेबपेज नेपाल सरकार श्रम तथा यातायात ब्यबस्था मन्त्रालयमा पनि त्यसको कुनै जानकारी समेट्न सकेको छैन, किन ? यसको लेखाजोखा कस्ले राख्ने ?
READ MORE - बैदेशिक रोजगारमा जाने, नेपाली नागरिकको आकडा, कुन निकाया वा कुन मन्त्रलयले राख्ने ?

बैदेसिक रोजगारमा ठगीको पराकाष्ठा

Wednesday, August 24, 2011

"म एकचोटी विदेश गएर आएको मान्छेलाई पनि अभिमुखिकरण तालिम लिएको प्रमाण पत्र चाहिन्छ भनेर फर्काइदिए अनि एउटा दलाललाई श्रम पैसा दिएर पठाएको त उतिखेर नै बनाइदियो ।" क्या टेन्सन भै राखेको थियो भने भोलीको टिकट छ छट्टीमा आएको मान्छेलाई पनि नयाँ श्रम स्विकृति चाहिने रे हामी जादा यो भएन उ भएन भनेर दिक्क बनाउने कर्मचारीहरुले दलाललाई पासपोर्ट मात्र दिएको उतिखेरै श्रम स्विकृति बनाएर ल्याइदियो ।"मलाई थाहै थिएन एयरपोर्टबाट श्रम स्विकृति खै भनेर त्यति कै फर्किनु परयो ।"एयरपोर्टमा आएपछि कर्मचारीहरुले श्रम स्विकृति खै भनेर लफडा गर्न थाले पासपोर्टको वीचमा दुईहजार रुपैया हालेर दिएको जानुस् माथि गएर मैले भनेको भन्नु होला अनि छोडिदिन्छ भनेर पठाइदियो ।" बैदेशिक रोजगारीको सिलसिलामा सरकारले छुट्टीमा घर आएका नेपाली श्रमिकहरुको लागि पनि अनिवार्य रुपमा श्रम स्विकृति लिनुपर्ने नयाँ प्रावधान जारी गरेपछि सरकारले जनताको लागि सम्प्रेषण गर्नु पर्ने जानकारीको अभावमा अन्यौलमा परेका या ठगिएका नेपालीहरुलाई माथिका आवाजहरुले प्रतिनिधित्व गर्ने गर्छ । गत महिनादेखि वैदेसिक रोजगार विभागले बैदेसिक रोजगारमा जाने नयाँ व्यक्तिहरुको लागि मात्र नभई घरविदामा आई सोही कम्पनीमा जाने कामदारहरुको लागि पनि श्रम स्विकृति लिनुपर्ने अनिवार्य व्यवस्था विभिन्न पत्रिकाहरुमार्फत गरिएको जनाएपनि आम प्रवासमा श्रम बेचिरहेका नेपालीहरु सम्म पुग्न सकेको थिएन भने सम्बन्धित देशका दुतावासहरुलाई समेत परिपत्र नगरेको जनाएको छ । केवल छुट्टीबाट फर्किएर एयरपोर्टमा दुःख बोहोरेका नेपालीहरुको अनुभवहरु साटासाट गर्ने क्रममा मात्र यो घटना एक कान दुइ कान हुदै मैदान भएको हो ।

 बैदेसिक रोजगारीको सिलसिलामा बैदेसिक रोजगार विभाग देखि एयरपोर्ट सम्म ठगीका धन्दामा दलालहरु देखि कर्मचारीहरु समेतको मिलेमतोमा नेपालीहरु ठगिने गरेको त सुनिएकै हो तर यसरी सरकारले नै आम नेपालीहरुलाई ठग्नको लागि बाटो खुला गरिदिदा हामी नेपालीहरु मानवतस्करहरुबाट मात्रै नभएर सरकारबाट पनि ठगिनुपरेको तीतो यथार्थ झेल्न बाध्य छौ । बैदेसिक रोजगार विभागमा गएका व्यक्तिहरुलाई दलालहरुले विभिन्न बहानामा ठग्ने कुरा त छदै छ त्यही माथि नेपालीहरुको रगत र पसिनाको मुल्यबाट तलब भत्ता खाएर कर्मचारीहरु समेत उडुसले झै त्यही श्रमिकहरु लाई चुस्न लालायित देखिन्छन् । आफ्नै तजवीज बाट विदेश जान लागि परेको एउटा व्यक्तिको लागि कानुनी ढंगले बैदेसिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिन गएको व्यक्ति सम्पुर्ण कागजात भएपनि यो या त्यो वहानामा फिर्ता हुने गर्छन । तर त्यहि काम दलाल मार्फत गराउने हो भने पासपोर्ट बाहेक केही पनि आवश्यक पर्दैन । नक्कली मेडिकल रिपोर्ट तथा नक्कली एगि्रमेन्ट पेपरले नै पासपोर्टमा सक्कली श्रम स्विकृतिको स्टीकर टासिएको पासपोर्ट आइपुग्छ । करिब पच्चीस सय-तीनहजार सम्ममा हुने श्रम स्विकृतिको लागि आम खाडीमा जाने मजदुरहरु छ देखि दशहजार सम्म तिर्न बाध्य छन् दलालहरुलाई । केही हजारमा हुने कामलाई किन यति महँगो भनेर प्रश्न गर्दा दलालहरु आफै प्रतिप्रश्न गर्ने गछर्न 'तल गेटमा वस्ने पाले देखि माथिका हाकिम सम्मको लागि खुवाउनुपर्छ हामी पनि खानै पर्यो अनि तपाइँ आफै भन्नस् त हामी के गरौ गेटबाट पस्ने वित्तिकै पाले नै विभिन्न अर्ति उपदेश दिएर तसा्रउन थाल्छ यदि कोही आफै बैदेशिक रोजगार विभाग पुगेको छ भने नचाहिने कागजातहरु पनि यो चाहिन्छ र त्यो चाहिन्छ भनेर । जसको उद्धेश्य त्यहाँ पुग्ने व्यक्तिहरुलाई सही बाटो देखाउनु भन्दा पनि दलालहरु मार्फत काम गराउनु र कमिसनको भागबण्डा गर्नु नै हो भन्ने कुरामा कुनै दुइमत छैन ।
जहाँ श्रम स्विकृतिको लागि राज्यलाई राजस्व बुझाउने गर्छौ त्यहाँ कर्मचारी भन्दा पनि म्यानपावरका व्यक्तिहरु र अन्य दलालहरु आफ्नै कार्यालय झै बण्डलका बण्डल रसिदहरु आफै काटिरहेका हुन्छन् तर विडम्बना त्यही ठाउँमा एउटा नेपाली नागरिक राज्यलाई तिर्नुपर्ने राजस्व बुझाउन जादा कर्मचारीहरु व्ाास्ता पनि गर्दैनन् । कति लाजमर्दो छ हाम्रो देशको कर्मचारी संयन्त्र कति भ्रष्ट छ उनीहरुको मानसिकता । खाडीको चर्को घाममा पसिनासँग साटेर राज्यलाई कर तिरेको रकमबाट तलब लिएका कर्मचारीहरु उनीहरु कै काम गर्दिनको लागि कमिसनको अपेक्षा गर्छन् । विना घुस र कमिसन केही गर्न पनि तयार हुदैनन् उफ् ! हाम्रो देशको विडम्बना । अझ बैदेसिक रोजगार विभाग पुग्ने जो कसैलाई पनि लाग्छ कि त्यहाँको व्यवस्थापनले नै जनतालाई छिटो छरितो सुविधा पुर्याउने भन्दा पनि कसरी बढी भन्दा बढी दुःख दिने भन्ने कुरामा ध्यान पुर्याइरहेको छ । जनताका आवश्यकताका विषयहरुलाई अधिकतम जनताको हितमा गर्नुपर्ने हो तर त्यहाँ श्रम सम्बन्धी कुनै काम गर्न परयो भने एउटा पाँच÷छ तले घरको छतमा पुग्नुपर्छ र त्यसैको लगि राजस्व बुझाउन फेरी अर्को घरको त्यति नै माथि गएर फेरी पहिलेकै स्थानमा पुग्नुपर्ने बाध्यताको सिर्जना गरिएको छ । जनतालाई सानो कामको लागि पनि यसरी एउटा घरको छत देखि अर्को घरको छतसम्म म्याराथुन दौड दौडाउने काममा ब्यवस्थापनको हात छैन र त्यो उनीहरुको दुर्नियतसँग जोडिएको छैन भनेर कदापी भन्न सकिदैन ।

बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई ठग्नको लागि दलाल र म्यानपावर कम्पनीहरु मात्र नभई सरकारी निकाय बैदेशिक रोजगार विभाग एयरपोर्टमा रहेको श्रम डेस्क र अध्यागमन विभागसम्म सिनोको पछाडी चिल झुण्डिएको झै झुण्डिरहेका छन् । अझ त्यही माथि एयरपार्टमा कार्यरत सुटेट बुटेट कर्मचारी र सुरक्षाकर्मीहरुको सडक मानवहरु जस्ता तेस्रो दर्जाका व्यवहारले उनीहरुको असभ्यतामाथि थुक्न जो सुकैलाई पनि बाध्यपार्छ र धिक्कार्न बाध्य छौ हाम्रा लाजार राज्यसत्तामाथि ।

यी यावत् ठगी र सभ्यताहीन श्रृखलाहरुसँग पक्कै पनि नेपाल सरकार अनभिज्ञ छैन । बैदेसिक रोजगारीबाट आएका रेमिट्यान्सको मात्र हिसाब किताव गरेर बस्ने राज्यका ठेकेदारहरुले फेरी पनि भ्रष्ट कर्मचारी तन्त्र र दलालहरुका लागि लुट्ने व्यवस्था मिलाईदिएका छन् विनाकारण एकपटक विदेश गएर छुट्टीमा आएका व्यक्तिहरुलाई पनि श्रम स्विकृति लिनुपर्ने अनौठो व्यवस्थाको प्रार्दुभाव गरेर ।आफ्ना नागरिकहरुलाई रोजगारीको सिर्जना गर्नु त कता हो कता आफ्नो रोजीरोटीको खातिर विदेसिएका नेपालीहरुलाई भरपुर आर्थिक भार पार्ने किसिमले प्रतिपादन गरेको नियम कुनै पनि हालतमा श्रमिकको हितमा हुनै सक्दैन । देश र जनताको लागि महँगी र करको भार मात्रै थोपरेर हितको पक्षमा केही पनि गर्न नसक्ने यो नपुँसक सरकारले यदि आफुलाई अलिकति पनि जनताप्रति जिम्मेवारीबोध गर्छ भने श्रमिकको हित विपरित ल्याएको पुनः श्रम स्विकृति लिने व्यवस्था खारेज गर्नुपर्दछ । केही समयको लागि सो व्यवस्था स्थगित गरिएको भनिएपनि श्रमिकहरु लुटिने क्रम जारी नै छ त्यसैले उक्त मजदुरमारा व्यवस्थाको नेपाली जनताले कुनै पनि हालतमा समर्थन गर्न सक्दैन र गर्दैनौ पनि ।
nepali.hari@gmail.com
READ MORE - बैदेसिक रोजगारमा ठगीको पराकाष्ठा