"म एकचोटी विदेश गएर आएको मान्छेलाई पनि अभिमुखिकरण तालिम लिएको प्रमाण पत्र चाहिन्छ भनेर फर्काइदिए अनि एउटा दलाललाई श्रम पैसा दिएर पठाएको त उतिखेर नै बनाइदियो ।" क्या टेन्सन भै राखेको थियो भने भोलीको टिकट छ छट्टीमा आएको मान्छेलाई पनि नयाँ श्रम स्विकृति चाहिने रे हामी जादा यो भएन उ भएन भनेर दिक्क बनाउने कर्मचारीहरुले दलाललाई पासपोर्ट मात्र दिएको उतिखेरै श्रम स्विकृति बनाएर ल्याइदियो ।"मलाई थाहै थिएन एयरपोर्टबाट श्रम स्विकृति खै भनेर त्यति कै फर्किनु परयो ।"एयरपोर्टमा आएपछि कर्मचारीहरुले श्रम स्विकृति खै भनेर लफडा गर्न थाले पासपोर्टको वीचमा दुईहजार रुपैया हालेर दिएको जानुस् माथि गएर मैले भनेको भन्नु होला अनि छोडिदिन्छ भनेर पठाइदियो ।" बैदेशिक रोजगारीको सिलसिलामा सरकारले छुट्टीमा घर आएका नेपाली श्रमिकहरुको लागि पनि अनिवार्य रुपमा श्रम स्विकृति लिनुपर्ने नयाँ प्रावधान जारी गरेपछि सरकारले जनताको लागि सम्प्रेषण गर्नु पर्ने जानकारीको अभावमा अन्यौलमा परेका या ठगिएका नेपालीहरुलाई माथिका आवाजहरुले प्रतिनिधित्व गर्ने गर्छ । गत महिनादेखि वैदेसिक रोजगार विभागले बैदेसिक रोजगारमा जाने नयाँ व्यक्तिहरुको लागि मात्र नभई घरविदामा आई सोही कम्पनीमा जाने कामदारहरुको लागि पनि श्रम स्विकृति लिनुपर्ने अनिवार्य व्यवस्था विभिन्न पत्रिकाहरुमार्फत गरिएको जनाएपनि आम प्रवासमा श्रम बेचिरहेका नेपालीहरु सम्म पुग्न सकेको थिएन भने सम्बन्धित देशका दुतावासहरुलाई समेत परिपत्र नगरेको जनाएको छ । केवल छुट्टीबाट फर्किएर एयरपोर्टमा दुःख बोहोरेका नेपालीहरुको अनुभवहरु साटासाट गर्ने क्रममा मात्र यो घटना एक कान दुइ कान हुदै मैदान भएको हो ।
बैदेसिक रोजगारीको सिलसिलामा बैदेसिक रोजगार विभाग देखि एयरपोर्ट सम्म ठगीका धन्दामा दलालहरु देखि कर्मचारीहरु समेतको मिलेमतोमा नेपालीहरु ठगिने गरेको त सुनिएकै हो तर यसरी सरकारले नै आम नेपालीहरुलाई ठग्नको लागि बाटो खुला गरिदिदा हामी नेपालीहरु मानवतस्करहरुबाट मात्रै नभएर सरकारबाट पनि ठगिनुपरेको तीतो यथार्थ झेल्न बाध्य छौ । बैदेसिक रोजगार विभागमा गएका व्यक्तिहरुलाई दलालहरुले विभिन्न बहानामा ठग्ने कुरा त छदै छ त्यही माथि नेपालीहरुको रगत र पसिनाको मुल्यबाट तलब भत्ता खाएर कर्मचारीहरु समेत उडुसले झै त्यही श्रमिकहरु लाई चुस्न लालायित देखिन्छन् । आफ्नै तजवीज बाट विदेश जान लागि परेको एउटा व्यक्तिको लागि कानुनी ढंगले बैदेसिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिन गएको व्यक्ति सम्पुर्ण कागजात भएपनि यो या त्यो वहानामा फिर्ता हुने गर्छन । तर त्यहि काम दलाल मार्फत गराउने हो भने पासपोर्ट बाहेक केही पनि आवश्यक पर्दैन । नक्कली मेडिकल रिपोर्ट तथा नक्कली एगि्रमेन्ट पेपरले नै पासपोर्टमा सक्कली श्रम स्विकृतिको स्टीकर टासिएको पासपोर्ट आइपुग्छ । करिब पच्चीस सय-तीनहजार सम्ममा हुने श्रम स्विकृतिको लागि आम खाडीमा जाने मजदुरहरु छ देखि दशहजार सम्म तिर्न बाध्य छन् दलालहरुलाई । केही हजारमा हुने कामलाई किन यति महँगो भनेर प्रश्न गर्दा दलालहरु आफै प्रतिप्रश्न गर्ने गछर्न 'तल गेटमा वस्ने पाले देखि माथिका हाकिम सम्मको लागि खुवाउनुपर्छ हामी पनि खानै पर्यो अनि तपाइँ आफै भन्नस् त हामी के गरौ गेटबाट पस्ने वित्तिकै पाले नै विभिन्न अर्ति उपदेश दिएर तसा्रउन थाल्छ यदि कोही आफै बैदेशिक रोजगार विभाग पुगेको छ भने नचाहिने कागजातहरु पनि यो चाहिन्छ र त्यो चाहिन्छ भनेर । जसको उद्धेश्य त्यहाँ पुग्ने व्यक्तिहरुलाई सही बाटो देखाउनु भन्दा पनि दलालहरु मार्फत काम गराउनु र कमिसनको भागबण्डा गर्नु नै हो भन्ने कुरामा कुनै दुइमत छैन । बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई ठग्नको लागि दलाल र म्यानपावर कम्पनीहरु मात्र नभई सरकारी निकाय बैदेशिक रोजगार विभाग एयरपोर्टमा रहेको श्रम डेस्क र अध्यागमन विभागसम्म सिनोको पछाडी चिल झुण्डिएको झै झुण्डिरहेका छन् । अझ त्यही माथि एयरपार्टमा कार्यरत सुटेट बुटेट कर्मचारी र सुरक्षाकर्मीहरुको सडक मानवहरु जस्ता तेस्रो दर्जाका व्यवहारले उनीहरुको असभ्यतामाथि थुक्न जो सुकैलाई पनि बाध्यपार्छ र धिक्कार्न बाध्य छौ हाम्रा लाजार राज्यसत्तामाथि ।
यी यावत् ठगी र सभ्यताहीन श्रृखलाहरुसँग पक्कै पनि नेपाल सरकार अनभिज्ञ छैन । बैदेसिक रोजगारीबाट आएका रेमिट्यान्सको मात्र हिसाब किताव गरेर बस्ने राज्यका ठेकेदारहरुले फेरी पनि भ्रष्ट कर्मचारी तन्त्र र दलालहरुका लागि लुट्ने व्यवस्था मिलाईदिएका छन् विनाकारण एकपटक विदेश गएर छुट्टीमा आएका व्यक्तिहरुलाई पनि श्रम स्विकृति लिनुपर्ने अनौठो व्यवस्थाको प्रार्दुभाव गरेर ।आफ्ना नागरिकहरुलाई रोजगारीको सिर्जना गर्नु त कता हो कता आफ्नो रोजीरोटीको खातिर विदेसिएका नेपालीहरुलाई भरपुर आर्थिक भार पार्ने किसिमले प्रतिपादन गरेको नियम कुनै पनि हालतमा श्रमिकको हितमा हुनै सक्दैन । देश र जनताको लागि महँगी र करको भार मात्रै थोपरेर हितको पक्षमा केही पनि गर्न नसक्ने यो नपुँसक सरकारले यदि आफुलाई अलिकति पनि जनताप्रति जिम्मेवारीबोध गर्छ भने श्रमिकको हित विपरित ल्याएको पुनः श्रम स्विकृति लिने व्यवस्था खारेज गर्नुपर्दछ । केही समयको लागि सो व्यवस्था स्थगित गरिएको भनिएपनि श्रमिकहरु लुटिने क्रम जारी नै छ त्यसैले उक्त मजदुरमारा व्यवस्थाको नेपाली जनताले कुनै पनि हालतमा समर्थन गर्न सक्दैन र गर्दैनौ पनि ।
nepali.hari@gmail.com







0 तपाईंको प्रतिकृया लेख्नु होला ।:
Post a Comment