नेटवर्किङ धन्दा सञ्चालकको भागाभाग

Thursday, August 2, 2012

गोपाल दाहाल, धरान, साउन १९- प्रहरी-प्रशासनले निगरानी बढाएपछि नेटवर्किङ धन्दा सञ्चालक भाग्न थालेका छन्। प्रहरीले पशुपतिनगरबाटै युनिटी इन्टरनेसनलका अध्यक्ष काशी गुरुङलाई पक्राउ गरेपछि नेटवर्किङका सञ्चालकहरूमध्ये केही भारततिर भागेका छन्। केही झापा र मोरङका ग्रामीण भेगमा लुकेका छन्।

नेपालीलाई भारत हरियाणा पुर्‍याएर करोडौंको सपना देखाउँदै पैसा असुल्ने विलियन भेन्चर इन्टरनेसनल (बिभिआई ) र भारत चण्डीगढ पुर्‍याएर पैसा असुल्ने डाइनामिक बेनिफिसियल एकर्ड प्राइभेट लिमिटेड (डिबिए) बारे नागरिक दैनिकमा समाचार छापिएपछि इटहरी, धरान, बेलबारी र झापामा सर्वसाधारणलाई सदस्य बनाउनेहरू भागेका स्रोतले जनाएको छ।
स्रोतका अनुसार धरान, तरहरा र इटहरीका बस्ती-बस्तीमा पुगेर नयाँ सदस्य (डाइमन्ड) बनाउँदा बनाउँदै बिभिआइका 'सिनियर' भारततिर फर्किएका छन्। इटहरीमा गोप्य भेला गर्ने बिभिआईका एजेन्टहरू पनि भारतको दार्जिलिङतिर भागेको र केही झापामा रहेको स्रोतले जनाएको छ। तालिमका लागि भन्दै नेपाली लिएर चन्डीगढ गएका धरानका डिबिएका एजेन्ट उत्तै बसेका छन्।

गोल्डक्वेष्ट, युनिटी, हर्बोलगायतले अर्बौ ठगेेपछि सरकारले प्रतिबन्ध लगाएको नेटवर्क व्यवसाय भारतीय भूमिबाट सञ्चालन हुँदै आएको छ। हजारौं नेपालीबाट करोडौं गरेका दिनेश तामाङलगायतको टोलीले केही समयमै 'सिक्स बी' नामक टिम खोलेर धन्दा विस्तार गर्ने योजना बनाइरहेका थिए। बिभिआईको नियमअनुसार पिरामिड शैलीमा निश्चित सदस्य र रकमको टार्गेट पुर्‍याएपछि 'डुक' भन्ने पद दिइन्छ। त्यसपछि डुकले आफ्नो टिम बनाउन पाउँछ। हाल भारतमा हङकङका नागरिक कार्लोस लगायतको टिमले वाइसिएल टिम बनाएर 'डाइमण्ड'को खोजी तीव्र बनाएका छन्।४१ प्रतिशतभन्दा माथि पुगेका दिनेश तामाङ 'प्रि डुक' पदमा छन्। ४ लाखका दरले पैसा बुझाउने करिब ३० जना नेपालीलाई ४१ प्रतिशत बनाएपछि उनी डुक बन्छन्। यही योजनाअनुसार उनले आफ्नो टिमको नाम राखिसकेका छन्- 'सिक्स बी टिम'। नेपालमा नेटवर्क प्रतिबन्ध भएकाले उनले सिलिगुडीजस्ता नेपाल र भारतको सिमा क्षेत्रबाट नजिक पर्ने ठाउँबाट धन्दा सञ्चालन गर्ने तयारी गरिरहेका थिए।

दिनेशले अहिले आफ्नो फ्ल्याटमै पैसा र लकर राखेका छन्। त्यही मिटिङ हल र उनको टिमको कार्यालय छ। उनले टार्गेट पूरा गर्न आफैं नेपाल आउने र आफूमुनिकालाई पूर्वको भोजपुर, संखुवासभा, सुनसरी, झापा, मोरङ, इलाम र पश्चिमका पोखरा र वरपरका क्षेत्रमा परिचालन गरेका थिए। तालिमका सहभागीलाई उनले आफ्नो टार्गेट पूरा गर्न सहयोग गर्न आग्रह गरेका थिए।

लागुऔषधमा फसेकालाई लक्षित गरी 'डाइमण्ड' बनाउने बिभिआई र डिबिएले नेटवर्कको जालो फिँजाएर धेरैलाई ठगी गरेको भन्दै पूर्वलागुऔषध प्रयोगकर्ताहरूको समूह रिकभरिङ धरानले युवाहरूलाई ठगीमा नफस्न आग्रह गरेको छ। रिकभरिङ धरानका अध्यक्ष दिनेश राईले विदेशमा लाखौं खर्च गरेर डुबाउनुभन्दा त्यो पैसा नेपालमै लगानी गर्नु बुद्धिमानी हुने बताए। यस्तो ठगी गरेर युवाहरूलाई फसाउनेको आफूहरूले पनि खोजी गर्ने उनले बताए।
सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाले नेटवर्क व्यवसाय नेपालमा गैरकानुनी भएकाले आफूले प्रहरीलाई नेपालमा त्यस्तो धन्दा गर्नेलाई खोजी गर्न निर्देशन दिएको बताए। प्रहरीले सुनसरीका विभिन्न ठाउँमा निगरानी बढाइरहेको उनले बताए। उनले भने, 'सर्वसाधारणलाई फसाइएको पाइएमा कानुनी कारबाही हुन्छ।'

नेटवर्क धन्दाले नेपालमा धेरैलाई घरबारविहीन बनाएका बेला भारतबाट सञ्चालित यी नेटवर्कमा फसेकाहरूले रकम खोजी गर्ने कानुनी आधार नहुने धरान नगरपालिकाका कानुनी सल्लाहकार शिव भण्डारी बताउँछन्। उनी भन्छन् 'भारतमा गएर पैसा बुझाएपछि हिसाबकिताब खोजी गर्न सकिँदैन, नेपालमै ग्राहक बनाउँदा बनाउँदै रोक्न र कारबाही गर्न सकिन्छ।'

श्रोत: नागरिक न्युज
READ MORE - नेटवर्किङ धन्दा सञ्चालकको भागाभाग

नेपालीलाई मुर्ख बनाउने नेटवर्किङ ब्यवसाय फास्टआउँदै भारतमा



नेटवर्किङ व्यवसायका नाममा सार्वसाधारणबाट करिव ४ अर्ब ठगी गरेको फरार युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष काशीराम गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । 


नेटवर्किङ कै शिलशिलामा अहिले भारतमा पनि नेपालीलाई मुर्ख बनाउने नेटवर्किङ ब्यवसाय फास्टआउँदै गएको नागरिक दैनिकले समाचार छापेको छ । जस्लाई पुरा लेख पढेर, मित्रहरु लाई शेयर गर्नु होला । 



READ MORE - नेपालीलाई मुर्ख बनाउने नेटवर्किङ ब्यवसाय फास्टआउँदै भारतमा

प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रमुख तीन दलसँग छलफल गर्दै

Wednesday, May 9, 2012


प्रमुख तीन दल सहित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शिर्ष नेताहरुसँग संविधान निर्माणका विवादित विषयमा छलफल गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । २०६९ बैशाख २७ गते । तस्वीरः दिनेश श्रेष्ठ
READ MORE - प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रमुख तीन दलसँग छलफल गर्दै