ठग गिरोहसँग झलनाथको सम्बन्ध !

Wednesday, December 21, 2011


मकाओ पठाउने भन्दै करोडौं रुपैयाँ ठगेर फरार भएका एक म्यानपावर सञ्चालकको सम्बन्ध एमाले अध्यक्ष झलनाथ खनालका ‘सल्लाहकार’सँग रहेको खुलासा भएको छ । मानव तस्करी गरेको आरोप लागेपछि यसै साता फरार भएका केशबहादुर गुरुङलाई प्रहरीले धुइँपत्ताल खोजे पनि फेला पार्न सकेको छैन । तर, स्रोत भन्छ- ‘उनलाई यसरी खोज्नै पर्दैन, एमाले नेताका सल्लाहकारलाई सोभियत ढकाललाई समाते भइहाल्छ ।’

आफूलाई तत्कालीन प्रधानमन्त्री झलनाथ खनालका राजनीतिक सल्लाहकार बताउने अखिलका पूर्वउपाध्यक्ष सोभियत ढकाल र हाल फरार रहेका केशबहादुर गुरुङबीचको व्यापारिक सम्बन्ध रहेको तथ्य आफूले फेलापारेको भन्दै जनआस्था साप्ताहिकले छापेको छ ।

खनाल प्रधानमन्त्री भएका बेला गत वैशाख १२ गते ढकाल र गुरुङ मकाओमा मान्छे पठाउन भन्दैसँगै हङकङ पुगेका थिए । हङकङमा दुई साता बसेर उनीहरुले त्यहाँका महावाणिज्य दूत एवं माधव नेपालका भाइ विनोद उपाध्यायलाई समेत भेटेका थिए ।

यो घटनाबारे एमाले अध्यक्ष झलनाथ खनाललाई जानकारी नहुन सक्छ । उनले केशबहादुर गुरुङलाई पनि चिन्छन् या चिन्दैनन् तर, आफूलाई खनालको सल्लाहकार बताउने व्यक्तिसमेत घटनामा मुछिएपछि झलनाथलाई झमेला भने आइलागेको छ ।

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment