प्रेस वक्तव्य

Sunday, December 4, 2011

पाँच वर्ष देखि अवरुद्ध शान्ति प्रक्रियालाई डा. बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारले दु्रुत गतिमा अघि बढाएको कुरा सर्वविदितै छ । यहिँ सरकारले नै मुलुकको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँदै नयाँ संविधान जारी गर्ने पनि पक्का भइसकेको छ । राजनीतिक दलहरुबीच राष्ट्रिय सहमतिको सरकार अविलम्ब गठन गर्ने सहमतिको पनि भएको छ । तर त्यो सहमतिको सरकारको नेतृत्व डा. भट्टराईले नै गर्ने भन्ने विषयमा पनि दलहरु प्रष्ट छन् । यो विचमा २०६८ मंसिर १७ गते शनिबार काठमाडौमा भएको साक्षात्कार कार्यक्रममा मैले बोलेको विषयलाई सञ्चारमाध्यमहरुले तोडमोड गरी प्रकाशन गरेकोप्रति मेरो ध्यानाकर्षण भएको छ । उक्त कार्यक्रममा डा. भट्टराई नेतृत्वको सरकारले नै शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँछ भन्ने मेरो भनाईको ठिक उल्टो गरी प्रकाशित भएकोले म यसै वक्तव्य मार्फत उक्त समाचारको खण्डन गर्न चाहन्छु ।

अहिले जुन गतिमा शान्ति प्रक्रिया अघि बढिरहेको छ, यसलाई रोक्न विभिन्न शक्ति केन्द्रहरु लागिरहेका बेला त्यसको भण्डाफोर गर्न म सञ्चारमाध्यम लगायत आम नेपाली जनतालाई हार्दिक अपिल पनि गर्न चाहन्छु । अन्तमाः माओवादी नेतृत्वको वर्तमान सरकारले नै राष्ट्रिय सहमतिको सरकारको स्वरुप लिने भएकोले भ्रममा नपर्न पनि आग्रह गर्न चाहन्छु ।

धन्यवाद

२०६८ मंसिर १८ गते, आइतबार
...........................
टोपबहादुर रायमाझी
स्थायी समिति सदस्य
एकीकृत नेकपा माओवादी


0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment