प्रेस वक्तब्य

Monday, May 7, 2012




नेपाल अमेरिका पत्रकार संघ
अमेरिका
प्रेस वक्तब्य
अमेरिका र क्यानडामा रहेका नेपाली पत्रकारहरुको एकमात्र छाता संगठन नेपाल अमेरिका पत्रकारसंघको तेश्रो महाअधिवेशन आज अमेरिकाको न्युयोर्कको अस्टोरिया ब्रोडवेमा रहेको चियान फेडेरेशन हलमा भब्यताका साथ सम्पन्न भयो । महाअधिवेशनले निम्नाअनुसार तीनजना सदस्यहरुपछि थप्ने गरी नयां कार्यसमिति निर्वाचित गरेको छ । अन्य पदमा सर्वसम्मत भएको छ भने उपाध्यक्षमा निर्वाचन भएको थियो । निर्वाचन समितिमा शैलेश श्रेष्ठ, प्रताप अधिकारी गिरिश पोखरेल र योगेश उपाध्याय हुनुहुन्थ्यो ।
सभापति ः आङछिरिङ शेर्पा
बरिष्ठ उपसभापति ः गौतम दाहाल
महासचिव ः किशोर पन्थी
सचिव ः शिव विष्ट
कोषाध्यक्ष ः गीता पन्थ
सदस्यहरु ः दिनेशजंग शाह
इन्दिरा चोङवाङ
क्षेत्रीय उपाध्यक्षहरु ः
उपाध्यक्ष (पूर्व क्षेत्र, अमेरिका ) ः पुरुषोत्तम ढकाल
उपाध्यक्ष (सुदुर पश्चिम, अमेरिका ) ः जाङवु शेर्पा
उपाध्यक्ष (वासिंटन डिसी क्षेत्र, अमेरिका ) ः विश्वराज थापा
महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद सहित ।

आङछिरिङ शेर्पा , सभापति
किशोर पन्थी, महासचिव
७ मे, २०१२

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment