प्रधानमन्त्री र कांग्रेस सभापति बिच भेट

Saturday, May 5, 2012

काठमाण्डौ, २३ बैशाख ।
प्रधानमन्त्री डा. बावुराम भट्टराई र नेपाली कांग्रेसका सभापति सुशील कोईरालाबीच शनिबार विहान भेटवार्ता भएको छ ।
सहमतीको राष्ट्रिय सरकारलाई शनिबार (आज) साँझ सम्म पूर्णता दिने विषयमा केन्द्रीत रहेर उहाँहरु विच छलफल भएको छ । भेटमा सभापति कोईरालाले शनिबार साँझ सम्म आफ्नो पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रिहरुको नाम पठाइसक्ने बताउनु भयो । कोईरालाले सरकारमा को को पठाउने भन्नेबारे पार्टीमा छलफल चलिरहेको बताउँदै साँझ सम्म त्यो निष्कर्षमा पुग्ने जानकारी दिनुभयो ।
त्यस्तै शनिबार विहान नै प्रधानमन्त्री डा. भट्टराई र नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालबीच टेलिफोन बार्ता भएको छ । टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्रीले आज नै सरकारलाई पूर्णता दिएर संविधानको कामलाई समयमै जारी गर्नका लागि तिव्रतापूर्वक अगाडि बढाउनु पर्ने बताउनु भयो । सरकार बिस्तारमा ढिलाई भएमा संविधान निर्माण प्रक्रियामा पनि ढिलाई हुने बताउँदै प्रधानमन्त्रीले आज नै सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको नाम पठाउन अध्यक्ष खनाललाई आग्रह गर्नुभयो ।
पाँच बुँदे सहमति अनुसार सरकालाई आज नै पूर्णता दिई बेलुकी ५ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment