मलिनाले जितिन् मिस नेपालको ताज

Tuesday, August 30, 2011







यस वर्षको मिस नेपालको उपाधी सुनसरीकी मलीना जोशीको पोल्टामा गएको छ ।

यदि महिलाहरुले मात्र यो विश्वमा राज्य गर्ने मौका पाए भने २०५० सम्म यो विश्व के हुन्थ्यो होला भन्ने प्रश्नमा जोशीले दिएको गर्विलो जवाफले उनलाई मिस नेपालको ताज दिलाएको थियो ।

‘विश्व महिलाहरुको हातमा गए हैन, गैसक्यो’ भन्दा त्रिभुवन आर्मी अफिसर्स क्लबमा उपस्थित दर्शकले ताली बजाएर स्वागत गरेका थिए । उपाधीसँगै उनले ५० हजार नगद र यही वर्ष आयोजना हुने मिस वल्र्डमा नेपालको प्रतिनिधीत्व गर्ने मौका पाएकी छिन् ।

यस्तै, मिस नेपाल २०११ को फस्टरनरअपको ताज चितवनकी अनुपमा गुरुङले जितेकी छिन् । सेकेन्ड रनरअपको उपाधी पनि चितवनकी सरिना मास्केको पोल्टामा गयो । यो वर्षदेखि मिस नेपालमा थर्ड र फोर्थ रनरअप पनि थपिएको छ । थर्ड रनरअपमा मनिषा विष्ट चयन भईन् भने फोर्थ रनरअपको उपाधि नेहा पौडेलले जितेकी छिन् ।

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment