प्रेस वक्तब्य

Monday, May 7, 2012




नेपाल अमेरिका पत्रकार संघ
अमेरिका
प्रेस वक्तब्य
अमेरिका र क्यानडामा रहेका नेपाली पत्रकारहरुको एकमात्र छाता संगठन नेपाल अमेरिका पत्रकारसंघको तेश्रो महाअधिवेशन आज अमेरिकाको न्युयोर्कको अस्टोरिया ब्रोडवेमा रहेको चियान फेडेरेशन हलमा भब्यताका साथ सम्पन्न भयो । महाअधिवेशनले निम्नाअनुसार तीनजना सदस्यहरुपछि थप्ने गरी नयां कार्यसमिति निर्वाचित गरेको छ । अन्य पदमा सर्वसम्मत भएको छ भने उपाध्यक्षमा निर्वाचन भएको थियो । निर्वाचन समितिमा शैलेश श्रेष्ठ, प्रताप अधिकारी गिरिश पोखरेल र योगेश उपाध्याय हुनुहुन्थ्यो ।
सभापति ः आङछिरिङ शेर्पा
बरिष्ठ उपसभापति ः गौतम दाहाल
महासचिव ः किशोर पन्थी
सचिव ः शिव विष्ट
कोषाध्यक्ष ः गीता पन्थ
सदस्यहरु ः दिनेशजंग शाह
इन्दिरा चोङवाङ
क्षेत्रीय उपाध्यक्षहरु ः
उपाध्यक्ष (पूर्व क्षेत्र, अमेरिका ) ः पुरुषोत्तम ढकाल
उपाध्यक्ष (सुदुर पश्चिम, अमेरिका ) ः जाङवु शेर्पा
उपाध्यक्ष (वासिंटन डिसी क्षेत्र, अमेरिका ) ः विश्वराज थापा
महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद सहित ।

आङछिरिङ शेर्पा , सभापति
किशोर पन्थी, महासचिव
७ मे, २०१२
READ MORE - प्रेस वक्तब्य

सेती नदीमा वर्षा एवं हिमपहिरो कारणले आकस्मिक बाढी

Sunday, May 6, 2012


आज बिहान ९ः५५ बजेको समयमा कास्की जिल्ला माछापुच्छ«े गा.वि.स. वडा नं. ९ स्थित सेती नदीमा वर्षा एवं हिमपहिरोको कारणले आकस्मिक आएको बाढीले बगाई पछिल्लो जानकारी अनुसार १३ जनाको असामयिक निधन, कैयौं वेपत्ता र ठूलो धनमालको क्षति भएको दुःखद घटनाले मलाई मर्माहत तुल्याएको छ । नेपाल सरकारको तर्फबाट म यस घटनामा ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । सो घटनाको जानकारी प्राप्त भए लगत्तै उक्त घटनाबाट प्रभावितहरुको खोजतलास एवं उद्धारकालागि स्थानीय प्रशासन, प्रहरी र सेनालाई तत्काल परिचालन गरिएको र तत्पश्चात् जिल्ला सदरमुकामबाट सेनाको हेलिकप्टर पठाई थप उद्धार र खोजतलासको काम सञ्चालन भइरहेको छ । यस घटनाबाट प्रभावित हुनसक्ने थप स्थानहरुको पहिचान गरी त्यहाँ बसोबास गरिरहेकाहरुलाई पूर्वतयारी अवस्थामा रहन सूचित गरिएको एवं स्थानीय सुरक्षाकर्मीहरुलाई त्यस्तो अवस्था आईपरेमा तत्काल उद्धारकार्य सञ्चालन गर्न आवश्यक निर्देशन दिइसकेको छ । पछिल्लो जानकारी अनुसार उक्त नदीमा आएको बाढीको प्रवाह क्रमशः कम हुँदै गइरहेकोले स्थिति सामान्य हुने अनुमान गरिएको छ । यस सम्बन्धमा सर्वसाधारणलाई गृह मन्त्रालयले नियमित रुपमा थप जानकारी उपलब्ध गराउने व्यवस्थाको लागि निर्देशन समेत गरिसकेको छु ।

स्थानीय व्यक्तिको सक्रिय सहयोग तथा सुरक्षाकर्मीहरुको परिचालनबाट खोजतलास र उद्धारकार्य हालसम्म पनि जारी नै रहेको, प्रतिकार्य टोली गठन गरी स्थितिलाई थप बिग्रन नदिन आवश्यक निर्देशन दिनुका साथै गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपत्कालीन संचालन केन्द्रलाई स्थितिको सुक्ष्म अनुगमन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित जानकारी उपलब्ध गराउन आवश्यक निर्देशन भइसकेको वर्तमान परिस्थितिमा सबै जना संयमित रही नेपाल सरकारबाट भै रहेको उद्धार तथा खोजतलास कार्यलाई सहयोग गरिदिनुहुन हार्दिक आग्रह गर्दछु । यस कार्यमा स्थानीयवासीले तत्काल प्रदान गर्नुभएको सहयोगको सराहना गर्दै वहाँहरुबाट थप सहयोगको समेत अपेक्षा राखेको छु । साथै, यस दुःखद् क्षणमा नेपाल सरकारलाई सहयोग पु¥याइ रहनुभएका सम्पूर्ण राजनीतिक दलहरु, मानवाधिकारकर्मी, सञ्चार जगत एवं उद्धारकार्यमा संलग्न हुने राष्ट्र सेवकहरुलाई आफ्नो सक्रियता जारी राखिराख्न आग्रह गर्दछु ।

प्रधानमन्त्री
मिति– २०६९।१। २३
READ MORE - सेती नदीमा वर्षा एवं हिमपहिरो कारणले आकस्मिक बाढी

प्रधानमन्त्री र कांग्रेस सभापति बिच भेट

Saturday, May 5, 2012

काठमाण्डौ, २३ बैशाख ।
प्रधानमन्त्री डा. बावुराम भट्टराई र नेपाली कांग्रेसका सभापति सुशील कोईरालाबीच शनिबार विहान भेटवार्ता भएको छ ।
सहमतीको राष्ट्रिय सरकारलाई शनिबार (आज) साँझ सम्म पूर्णता दिने विषयमा केन्द्रीत रहेर उहाँहरु विच छलफल भएको छ । भेटमा सभापति कोईरालाले शनिबार साँझ सम्म आफ्नो पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रिहरुको नाम पठाइसक्ने बताउनु भयो । कोईरालाले सरकारमा को को पठाउने भन्नेबारे पार्टीमा छलफल चलिरहेको बताउँदै साँझ सम्म त्यो निष्कर्षमा पुग्ने जानकारी दिनुभयो ।
त्यस्तै शनिबार विहान नै प्रधानमन्त्री डा. भट्टराई र नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालबीच टेलिफोन बार्ता भएको छ । टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्रीले आज नै सरकारलाई पूर्णता दिएर संविधानको कामलाई समयमै जारी गर्नका लागि तिव्रतापूर्वक अगाडि बढाउनु पर्ने बताउनु भयो । सरकार बिस्तारमा ढिलाई भएमा संविधान निर्माण प्रक्रियामा पनि ढिलाई हुने बताउँदै प्रधानमन्त्रीले आज नै सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको नाम पठाउन अध्यक्ष खनाललाई आग्रह गर्नुभयो ।
पाँच बुँदे सहमति अनुसार सरकालाई आज नै पूर्णता दिई बेलुकी ५ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
READ MORE - प्रधानमन्त्री र कांग्रेस सभापति बिच भेट