Showing posts with label मेरो समाज. Show all posts
Showing posts with label मेरो समाज. Show all posts

प्रधानमन्त्री र कांग्रेस सभापति बिच भेट

Saturday, May 5, 2012

काठमाण्डौ, २३ बैशाख ।
प्रधानमन्त्री डा. बावुराम भट्टराई र नेपाली कांग्रेसका सभापति सुशील कोईरालाबीच शनिबार विहान भेटवार्ता भएको छ ।
सहमतीको राष्ट्रिय सरकारलाई शनिबार (आज) साँझ सम्म पूर्णता दिने विषयमा केन्द्रीत रहेर उहाँहरु विच छलफल भएको छ । भेटमा सभापति कोईरालाले शनिबार साँझ सम्म आफ्नो पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रिहरुको नाम पठाइसक्ने बताउनु भयो । कोईरालाले सरकारमा को को पठाउने भन्नेबारे पार्टीमा छलफल चलिरहेको बताउँदै साँझ सम्म त्यो निष्कर्षमा पुग्ने जानकारी दिनुभयो ।
त्यस्तै शनिबार विहान नै प्रधानमन्त्री डा. भट्टराई र नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालबीच टेलिफोन बार्ता भएको छ । टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्रीले आज नै सरकारलाई पूर्णता दिएर संविधानको कामलाई समयमै जारी गर्नका लागि तिव्रतापूर्वक अगाडि बढाउनु पर्ने बताउनु भयो । सरकार बिस्तारमा ढिलाई भएमा संविधान निर्माण प्रक्रियामा पनि ढिलाई हुने बताउँदै प्रधानमन्त्रीले आज नै सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको नाम पठाउन अध्यक्ष खनाललाई आग्रह गर्नुभयो ।
पाँच बुँदे सहमति अनुसार सरकालाई आज नै पूर्णता दिई बेलुकी ५ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
READ MORE - प्रधानमन्त्री र कांग्रेस सभापति बिच भेट

राजनीतिक दलहरुका बिच भएको सहमति

Friday, May 4, 2012

२०६८ साल कार्तिक १५ गते भएको सात बुंदे सहमति बमोजिम संविधान निर्माण कार्यलाई सम्पन्न गर्न तथा राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दलहरुका बिचमा निम्नलिखित सहमति भएको छ ः
१) बर्तमान मन्त्रिपरिषद्का सवै सदस्यहरुले राजीनामा गरिसकेको वर्तमान स्थितिमा दुई दिन भित्र विगतमा भएको सात बुँदे सहमति बमोजिम प्रधानमन्त्री डा. बावुराम भट्टराईको नेतृत्वमा सहमतिको नयाँ सरकार गठन गरिने छ ।
२) संविधान निर्माणका क्रममा देखिएका राज्यको पुनःसंरचना, शासकीय स्वरुप लगायतका सवै विषयहरुलाई तीन दिन भित्र सहमतिमा टुंग्याईने छ । सहमति हुन नसकेका विषयहरुलाई प्रक्रियाबाट निर्णयमा लगिने छ ।
३) २०६९ साल जेष्ठ १४ गते अगावै नयां संविधान घोषणा गरिने छ । संविधान घोषणा गर्नु अघि बर्तमान प्रधानमन्त्रीले राजीनामा गरी नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिने छ । यो सरकारले एक बर्ष भित्र राष्ट्रिय आम निर्वाचन सम्पन्न गराउने छ ।
४) शान्ति प्रक्रियाका बाँकी कामहरु बिगतका सहमति बमोजिम अविलम्व सम्पन्न गरिने छ ।
५) संविधान निर्माणको कामलाई तीब्रता दिन राजनीतिक दलका शीर्ष नेताहरुको नियमित रुपमा बैठक गरिने छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
एनेकपा(माओवादी)

सुशील कोईराला
सभापति
नेपाली काँग्रेस

झलनाथ खनाल
अध्यक्ष
नेकपा (एमाले)

विजय कुमार गच्छदार
अध्यक्ष
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तर्फबाट


मिति– २०६९।१।२१
READ MORE - राजनीतिक दलहरुका बिच भएको सहमति

गाउगाउमा बिकास हैन, मिस एण्ड मिस्टर प्रतियोगिता पुगेको छ ।

Friday, January 20, 2012


गाउगाउमा बिकास हैन, मिस एण्ड मिस्टर प्रतियोगिता पुगेको छ । पश्चिमेलीशैली पछाउदै हालै नुवाकोटमा पहिलो पटक मिस एण्ड मिस्टर नुवाकोट २०१२ प्रतियोगिता भएको छ । कार्यक्रमको प्रथम ट्यालेन्ट सो शनिवार जगदम्बा चलचित्र मन्दिर बट्टारमा सम्पन्न भएको हो ।
READ MORE - गाउगाउमा बिकास हैन, मिस एण्ड मिस्टर प्रतियोगिता पुगेको छ ।

अमेरिकामा बस्ने नेपालीको वैवाहिक जिवन खतरामा

Friday, December 2, 2011

कृष्णा कुमारी गौतम -

अमेरिकामा बस्ने नेपालीहरुको सन्दर्भमा उनीहरुको वैवाहिक जिवन खतरामा पर्ने समस्या एउटा गम्भीर समस्या बन्दै गएको छ । कैयन नेपालीहरुका लागि सांच्ची एउटा दुखद कथा बन्दै जान थालेको छ , वैवाहिक जिवन । महिला र पुरुषका लागि समान अधिकार कायम हुनुपर्ने आवाज उठिरहदा सन् १९५० देखि अमेरिकामा महिलालाई पनि पुरुष सरह अधिकार दिनेगरी परिवर्तन आएको थियो ।


अमेरिकामा नारी र पुरुषबीचको अधिकारमा खासै फरक छैन । समान अधिकारका साथ नै उनीहरु अगाडि बढेका छन् । तर पारिवारिक असन्तुष्टी भने नेपालको तुलनामा कैयन गुणा बढी देखिन्छ । त्यही असन्तुष्टीका कारण डिभोर्सको क्रम निकै बढ्दो छ अमेरिकामा । अझ एसियाका देशहरुबाट आएर अमेरिकामा बस्नेहरुमा बढेको डिभोर्सको क्रम नेपालीहरुका लागि दुखद खबर हो । किनभने भारत , बंगालादेश, पाकिस्तानबाट अमेरिकामा आएर बस्नेहरुसंगै नेपालीहरुमा पनि यो क्रम बढेको छ ।

मानिसका इच्छा , आकांक्षा, महत्वाकांक्षाका कारण उसले कैयन अवस्थामा गलत र सहीबीचको भिन्नता छुट्याउन सक्दैन । जब एक अर्काबीचको विश्वास धमिलिदै जान्छ, तब लोग्ने स्वास्नीबीचको सम्बन्धमा पनि दरार पैदा हुंदै जान्छ । नेपालको सांगुरो समाजबाट अमेरिकाको खुल्ला समाजमा आइपुग्दा यो दरारले मौलाउने मौका पाउने गरेको छ । एउटा तथ्यांक अनुसार अमेरिकामा झण्डै २ लाखको हाराहारीमा नेपालीहरु बस्दै आएका छन् । जसमध्ये ३५ प्रतिशतमात्र अर्थात् झण्डै ७० हजार बैवाहिक सम्बन्धमा रहेका छन् भने २५ प्रतिशतको अर्थात् झण्डै ५० हजारको त डिभोर्स भइसकेको छ । झण्डै २० प्रतिशत अर्थात् ४० हजारको हाराहारीमा अविवाहितहरु रहेका छन् । त्यो बाहेक झण्डै २० प्रतिशत अर्थात् ४० हजारजति नेपाली बालबालिकाहरु पनि छन् । यो तथ्यांक हेर्दा पनि डिभोर्स गर्ने नेपालीहरुको संख्या निकै डरलाग्दो मान्न सकिन्छ ।

असमझदारी, झगडा, अविश्वास र बैमन्यस्यताका कारण लोग्ने स्वास्नीबीच डिभोर्सको अवस्था आउंदा त्यसबाट उनीहरुका बालबालिकाहरुमा पनि नराम्रो असर परिरहेको छ । यसर्थ डलरको मात्र पछि लाग्ला जिन्दगी नै खत्तम हुने अवस्था समेत आएको छ । डलरको पछि लाग्दा कैयन बाबुआमाले त आफैले जन्माएको छोराछोरीप्रतिको उत्तरदायित्व पनि विर्सदै जान थालेका छन् ।

छोराछोरीलाई धेरै सम्पत्ति जोडिदिने धुनमा छोराछोरीकै भविश्य कता जाने हो ठेगान नहुने अवस्था समेत आएको छ । डलरको पछि दौडदा छोराछोरीलाई असल सभ्यता र सिकाउने विषय ओझेलमा पर्दै गएको छ । डलरकैपछि लाग्दा छोराछोरीप्रतिको उत्तरदायित्व त कैयन बाबुआमाले बिर्सदै गएका छन् भने लोग्ने स्वास्नीको सम्बन्ध जोगाउन एकले अर्काको उत्तरदायित्व लिने कुरा त अलिक परको विषय बन्दै गएको छ । त्यसैले पनि सम्बन्धविच्छेदको क्रम बढ्दै गएको हो । सांच्ची भन्ने हो भने बैंकको खाताबाट सुरु भएको झगडा एउटा कागजको टुक्रामा गएर अन्त्य हुने गरेको छ । यसप्रति नेपालीहरु सजग हुने हो कि ?

( अमेरिकामा बस्ने गौतम लिटिल पिपुल अफ नेपालकी सामाजिक कार्यकर्ता हुन् । )
READ MORE - अमेरिकामा बस्ने नेपालीको वैवाहिक जिवन खतरामा

दाहसंस्कारका सामानमा ठग्नेलाई जरिवाना

Monday, November 14, 2011


पशुपति क्षेत्र विकास कोषले आर्यघाटस्थित घाट सेवा पसलमा मुल्य सुची राखेर पनि ठगी गर्ने कि बढी मुल्य तिरेर सहयोग गर्ने दोषी ? लेख लाई पढनको लागि यहाँ क्लिक गर्नु होला ।
READ MORE - दाहसंस्कारका सामानमा ठग्नेलाई जरिवाना

फेस बुक; आफ्ना वरपर काम गर्ने, पढ्ने र बस्ने मानिसहरुलाई जोड्ने एक सामाजिक साधन हो ।


काठमाडौंकी प्रिया शर्मा र भारत सिक्किमका नेपालीभाषी दीपेश फेसबुकमा साथी भए । चार महिनासम्म फेसबुकमा च्याट गरे । दुई जनाबीच मायाप्रीति बस्यो । १७ वर्षीया ती युवतीले युवकलाई फोन गरेर नेपालमा बोलाइन् । १२ कक्षा पढ्दै गरेकी ती युवतीले दीपेशलाई कलंकीमा भेटिन् ।

पहिलो भेटमै उनीहरू भागेर सिक्किम पुगे र लगनगाँठो कसे । आमा र बहिनीसँग काठमाडौंमा बस्दै आएकी उनी हराएको भन्दै प्रहरीमा उजुरी पर्‍यो । प्रहरी अनुसन्धानले उनले भागेर विवाह गरेको तथ्य खुल्यो ।

चलचित्र निर्माता उज्वल घिमिरेको नाममा अर्को व्यक्तिले फेसबुक खाता खोलेर उनका चलचित्र र कामबारेमा अनावश्यक सूचना दिन थाल्यो । त्यसपछि उनी महानगरीय प्रहरी अपराध महाशाखा पुगे । महाशाखाले अमेरिकास्थित फेसबुकको केन्द्रीय कार्यालयमा जानकारी गराएर त्यसलाई ब्लक गराइदियो ।

नुवाकोटकी रीता सापकोटा (नाम परिवर्तन) फाइनान्समा काम गर्नेको नाममा फेसबुक खोलेर उनको तस्बिर राखियो । अनि फोटो एल्बममा अश्लील चित्रहरू राखेर बदनाम गराइयो । उनको मोबाइल नम्बर राखिदिएर अनैतिक कार्यका लागि सम्पर्क गर्नु भन्दै पैसा पनि उल्लेख गरिएको थियो । उनको मोबाइलमा फोन आउन थालेपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् । उनको गलत नाम र ठेगानालाई प्रहरीले फेसबुकमा अनुरोध गरेर ब्लक गरायो ।

यी यस्ता उदाहरण हुन् जसले फेसबुकका राम्रा-नराम्रा पक्षलाई देखाउँछ । फेसबुकको माध्यमबाट चिनजान भएर विवाह हुनुलाई राम्रो मान्न सकिन्छ । प्रविधिलाई जसरी प्रयोग गरिन्छ, त्यसको दुरुपयोग पनि त्यसरी हुने गरेको छ ।

प्रहरीमा फेसबुकबाट पाउनेको ताँती लाग्ने गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार दैनिक २/३ वटाका दरमा फेसबुकका समस्या आउने गरेका छन् । २०६६ मंसिरमा अपराध महाशाखामा 'साइबर क्राइम अनुसन्धान सेल' स्थापना भएपछि फेसबुक लगायतका अन्य सूचना प्रविधिबाट हुने गरेका अपराधको अनुसन्धान सुरु भएको हो । महाशाखामा फेसबुकसम्बन्धी समस्या बोकेर आउने महिला धेरै छन् । आइतबार फेसबुक कसैले ह्याक गरिदिएको भन्दै महाशाखामा राजधानीको एक क्याम्पस पढ्ने किशोरी पुगेकी थिइन् । ३ साथीसँगै पुगेकी उनले ह्याक भएपछि कसैले अश्लील तस्बिर या त्यसलाई प्रयोग गरेर अपराध गर्लान् भन्ने चिन्ताले प्रहरीकहाँ पुगेको बताइन् । महाशाखाका साइबर क्राइमका डीएसपी चन्द्रबहादुरसिंह धामीले फेसबुकमै गएर त्यसले सोध्ने अन्य प्रश्नको उत्तर दिएर मात्र बन्द गराउन सकिने सुझाव दिएर पठाए ।

चिन्दै नचिनेका व्यक्तिहरू फेसबुकमा साथी बन्ने, बाहिर भेटघाट गर्ने र कुरो नमिलेपछि अनावश्यक अश्लील चित्रहरू पोस्ट गरिदिने गरेको अपराध महाशाखाकी इन्स्पेक्टर दीप्ति कार्कीले बताइन् । आर्थिक वर्ष २०६७/०६८ मा २० वटा उजुरी परेका थिए । गत साउनदेखि हालसम्म १८ वटा परेका छन् ।

कारबाही हुन्छ ?

कारबाही त हुन्छ तर गाह्रो छ । महिलाका पुराना अश्लील तस्बिर राखेर बदनाम गराएको अवस्थामा कारबाही गर्न सकिन्छ । महिलाले उजुरी दिएपछि पुरानो सम्बन्धका बारेमा महिलाबाटै जानकारी लिएर चरित्र हत्या गर्ने व्यक्तिलाई पक्राउ गर्न सकिन्छ । अन्य अपराध व्यक्ति-व्यक्तिबीचमा हुन्छ । तर, साइबर अपराध मान्छे-मान्छेमा कम्प्युटरबाट हुन्छ ।

तर, इन्टरनेटबाट डाउनलोड गरेर त्यस्ता चित्र राखिएको भए पत्ता लगाउन गाह्रो हुन्छ । फेसबुक कम्पनीबाट त्यस्ता चित्र पोस्ट गरेको कम्प्युटरको आइपी ठेगाना लिनुपर्ने हुन्छ । तर, नेपालबाट फेसबुकको कम्पनीसँग समन्वय गरेर माग गर्ने कुनै निकाय नभएका कारण त्यस्ता अपराध गर्ने व्यक्तिको पहिचान गर्न गाह्रो हुन्छ तर असम्भवचाहिँ होइन । अन्य अपराधीलाई पक्राउ गरेको हिसाबले अनुसन्धान गर्दा पत्ता लगाउनुपर्छ । त्यसरी अपराधी पत्ता लागिहालेमा विद्युतीय कारोबार ऐनमा मुद्दा दायर गर्ने गरिन्छ । नेपालमा साइबर क्राइमलाई हेर्ने सीईआरटी (कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम) को अत्यावश्यक छ । त्यसले विदेशी इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरेर यस्ता अपराध नियन्त्रणमा मदत पुर्‍याउँथ्यो । नेपालमा अहिलेसम्म विदेशी संस्थासँग समन्वय गर्ने कुनै निकाय छैन । (अपराध महाशाखाका डीएसपी चन्द्रबहादुरसिंह धामीसँगको कुराकानीमा आधारित ।)


श्रोत: कान्तिपुर
READ MORE - फेस बुक; आफ्ना वरपर काम गर्ने, पढ्ने र बस्ने मानिसहरुलाई जोड्ने एक सामाजिक साधन हो ।

यसरी मारिए मेरा श्रीमान्

Sunday, November 13, 2011


विनिता दाहाल, काठमाडौं, कात्तिक २५- काठमाडौंमा ठेक्कापट्टा गर्ने अर्जुन लामा एकाध महिनामा कमाइ पुर्‍याउन गाउँ जान्थे- काभ्रे नमोबुद्ध नजिकै दाप्चा। २०६२, वैशाख १७ गते घरबाट १० मिनेट उकालोको श्रीकृष्ण माविमा सञ्चालक समिति अध्यक्ष छानिँदै थियो। गाउँलेको चाहना थियो- स्कुललाई आर्थिक सहयोग गरिरहने अर्जुन नै अध्यक्ष हुन्। नभन्दै उनी निर्विरोध अध्यक्ष छानिए।

अघिल्लो साँझ अबेला घर पुगेका उनी गाउँमा क-कसलाई कतिकति पारिश्रमिक दिनु छ, हिसाब गर्दै थिए। श्रीमती पूर्णिमाया लामाले सोधिन्, 'किन आजै हिसाब गरेको? कति दिन बस्ने गरी घर आएको हो र?'

'भोलि नै स्कुलको काम सकेर फर्किहाल्छु,' अर्जुनले श्रीमतीपट्टि नहेरी जवाफ दिए, 'गाउँका केटाहरूको कामको पैसा बाआमालाई पुर्‍याइदिनु छ।' काठमाडौंमा अर्जुनले गाउँका केही केटालाई रोजगारी दिएका थिए। पारिश्रमिक उनी आफैँ गाउँ पुर्‍याइदिन्थे।
...
भोलिपल्ट सँगै स्कुलको कार्यक्रममा गए पनि पूर्णिमायाको श्रीमान्सँग खासै कुरा भएन। त्यसपछि दुई वर्षसम उनले अर्जुनलाई न कहिल्यै देख्न पाइन्, न केही खबर नै थाहा पाइन्। एकैपटक २०६४ सालमा उनले श्रीमान्को निर्ममतापूर्वक हत्या गरिएको सुनिन्।
विश्वासै लागेन।

'न लास देखेको छ, न सास,' पूर्णिमायाले शनिबार काठमाडौं गौरीघाट नजिकै भाडाको कोठामा दुखेसो पोखिन्, 'सात वर्ष हुन लाग्यो, न मान्छे देख्न पाइन्छ, काजकिरिया गरौं भने लास पनि देखेको छैन।'
...
स्कुलमा कार्यक्रमको पहिलो सत्र सकिँदा पानी पर्दै थियो। धेरै महिला र केटाकेटी ओत लाग्न कक्षाकोठा छिरेका थिए। त्यही बेला माओवादी कार्यकर्ता भोला अर्याल, यादव पौडेल र श्याम गौतमले अर्जुनलाई 'केही कुरा गर्नु छ, हामीसँग हिँड' भने। काठमाडौं फर्कनु छ भन्दै सुरुमा त अर्जुन उनीहरूसँग जान मानेनन्। पछि गाउँका अरू दुई जना पनि जाने भएपछि पुर्णिमायालाई केही नभनी उनीहरू हिँडे। गाउँकै अरू दुइटा केटा पनि गएकाले पूर्णिमायाले अर्जुन कहाँ गएका हुन् भन्ने चासै देखाइनन्। डाँडामा रहेको स्कुल नजिकैबाट उनले श्रीमान् खेतको आलीआली गएकोमात्र हेरिरहिन्।

दिनभरि श्रीमान् फर्किएनन्। सँगै माओवादीले लगेका केदार भने फर्किए। 'मलाई खोलामा पुगेपछि फर्की, नफर्के गोली हान्दिन्छौं भने,' केदारको त्यति बेलाको भनाइ सुनाउँदै पूर्णिमायाले भनिन्, 'म फर्किएँ, अर्जुन दाइ र नानीरामलाई खोला तारेर लगे।' माओवादीले लगेका तेस्रा व्यक्ति गाउँकै नानीराम रहेछन्।

त्यही दिन पूर्णिमाया, उनका देवर र झन्डै ५०/६० जना गाउँले खोलासम्म पुगे। त्यहाँ पुग्दा अर्कै नाम थाहा नभएको एकजना मानिसले खोलापारिबाटै 'उनीहरू भोलि फर्कन्छन् रे' भन्यो। भोलिपल्ट नानीराम एक्लै गाउँ फर्किए। पूर्णिमायाले सोधिन्, 'सुनीका बा खै त?'
'कामको लागि लगेको रे,' उनले नानीमायाको जवाफ सुनाइन्, 'एक-दुई हप्तापछि पठाइदिन्छौं, खोजी नगर्नू भन्याछन्।'

दुई हप्ता बित्दा पनि अर्जुन फर्केनन्। बरू माओवादीका केटा पूर्णिमायासँग पैसा माग्न घर आउँथे। अर्जुनलाई लैजाँदा उनीसँग गाउँका केटाहरूको पारिश्रमिक दिन लगेको एक लाख रुपैयाँ, नेदरल्यान्डबाट ल्याएको घडी र एक तोला पाँच लालको औँठी थियो।

'श्रीमान् भएको ठाउँ पुर्‍याइदिन्छु, हामीलाई चन्दा देऊ भन्थे,' उनले भनिन्, 'मैले घरमा भएको ५० हजार भन्दा बढी पैसा सिध्याएँ।' घरमा ८८ वर्षीया बृद्ध ससुरा अवतारसिंह लामा र उनीमात्रै थिए। श्रीमान्ले द्वन्द्वका कारण छोराछोरी गाउँमा पढाउन नसकेपछि काठमाडौंमै राखेका थिए।

घरमा आउने तिनै माओवादी कार्यकर्ताले बताएअनुसार पूर्णिमाया गाउँबाट धेरै टाढाको नामै थाहा नभएको ठाउँमा बास बस्दै श्रीमान् खोज्न गइन्। बास बसेको घरकी सुकुमाया तामाङका श्रीमान् पनि माओवादीमै रहेछन्। पूर्णिमायाले श्रीमान् नभेटिएको भन्दै रातभर रोइकराइ गरेपछि सुकुमायाले उनका श्रीमान्लाई सम्झाएर अर्जुनलाई फिर्ता गराइदिन भनिन्। सुकुमायाका श्रीमान् 'म कोशिस गर्छु' भन्दै गए। उनी दुई दिनसम्म फर्किएनन्।

बरू एकजना महिला पहिलेजस्तै 'एक/दुई हप्तामा माओवादी आफैँले ल्याइदिने' सन्देश बोकेर आइन्। बृद्ध ससुरालाई छोडेर गएकी पूर्णिमाया निरास घर फर्किन्। यसपछि पनि काभ्रेकै तेमाल, मंगलटारजस्ता गाउँमा गएर श्रीमान् खोज्ने उनको काम जारी रह्यो।
त्यही असारमा श्रीमान् सिन्धुलीमा छन् भन्ने सुनेर काठमाडौंबाट देवरलाई बोलाइवरी उनले खोज्न पठाइन्। जंगलमा भेटिएका माओवादीले यसैगरी खोज्न हिँडे तँलाईं पनि मार्छु भनेछन्। देवर डरले भाउजूलाई पनि गाउँ नबस्न भन्दै काठमाडौं आए।

वैशाख १७ गतेबाट हराएका श्रीमानको दुई महिना खोजी गरेपछि असार ७ गते उनी देवरको सल्लाहअनुसार काठमाडौं आइन्। बृद्ध ससुराको स्याहार गर्न बेलाबेला उनी कोही न कोही साथी लिएर गाउँ जान्थिन्। २०६२ पुस २८ गतेको स्थानीय पत्रिकामा माओवादी र राज्यको भिडन्तमा अर्जुन लामा पनि मारिए भन्ने समाचार आयो। उनलाई विश्वास लागेन। उनलाई चिनेकै मान्छेले भिडन्तमा अर्जुन नभएको बताए। उनलाई आस थियो, कसैको नराम्रो नगरेका श्रीमान् फर्केर आउँछन्।

छोरो हराएको साढे दुई वर्षपछि त्यही पिरले ससुरा बिते। काजकिरिया गर्न गएका अर्जुनका जेठा छोरालाई माओवादीले फेरि धम्क्याए।

'गाउँका मान्छेले तिम्रो श्रीमान्लाई माओवादीले यसरी मारे भनेर सुनाउँथे,' पूर्णिमायाले भनिन्, 'मलाई विश्वास थिएन। मेरो श्रीमान्ले कसैको नराम्रो गरेको थिएन, कसैको छोरीचेली लगेको थिएन।'

श्रीमान् हराएको दुई वर्षपछि उनी घर गएको बेला एकजनाले आएर अर्जुन कसरी मारिएका थिए भनेर बेलिबिस्तार लगाए। 'अरु कसैलाई मारेको सुनेको भए त डर लाग्थ्यो होला,' उनले त्यो दिन सम्झिन्, 'आफ्नै श्रीमान्लाई त्यसरी पशुलाई भन्दा दुख दिएर मारे भन्ने सुन्दा मैले कसरी सहेँ होला?'
....
वैशाख १७ गते अपहरण गरी लगेका श्रीमान्लाई बीचमा कहाँकहाँ लगेर के के यातना दिए, उनलाई कसैले थाहा दिएन। 'दाइलाई असार १ गतेदेखि हप्ताभरि केही खान नदिई एउटा घरको खाटमा हातखुट्टा बाँधेर राखेका थिए,' ती मान्छेले पूर्णिमायालाई सुनाए। त्यसै राति 'कुखुराको मासु र भात खा' भन्दा अर्जुनले आफूलाई घर पुर्‍याइदिन भने। उनीहरुले 'ल हिँड् घर' भन्दै तल खोल्सामा पुर्‍याए। साँझ पर्दै थियो। अह्राएअनुसार अर्जुनले सकिनसकी खाल्डो खने। त्यसपछि अपहरणकारीले उनलाई रूखमा चार हातखुट्टा बाँधे। जिउभरि नै छुरा नै छुरा हाने। पुरै अनुहार र जिउ छियाछिया बनाएर त्यही खाल्डोमा पुरे।

यसरी भयो अर्जुन लामाको हत्या। मानवअधिकारवादी संघसंस्थाले अनुसन्धान गर्दा पनि त्यही देखियो। पूर्णिमायाले आफ्नै आँखाले लास नदेखेकोले अझै श्रीमान्को काजकिरिया गर्न सकेकी छैनन्।
...
घटना भएको दुई वर्षपछि गाउँकै एउटा केटाले माओवादी कार्यक्रमको भिडियो उनलाई देखायो।

भिडियोमा काभ्रे माओवादीका नेता सूर्यमान दोङले अर्जुनको अपहरण हुँदा लगाएको नेदरल्यान्डको घडी लगाएका थिए। उनलाई पक्का भयो- श्रीमान्का हत्यारा दोङ नै हुन्।
'सुनीका बाले नेदरल्यान्डबाट फर्कंदा लगाएको घडी म राम्ररी चिन्छु,' उनले भनिन्, 'मलाई पक्का भयो उनलाई मार्नेमध्ये एक जना दोङ पनि रहेछन्।'

तिनै दोङ अहिले ऊर्जाराज्यमन्त्री नियुक्त भएका छन्। 'त्यस्तो मान्छेलाई मन्त्री बनाएको हामीले कसरी हेर्ने?' उनले प्रश्न गरिन्, 'प्रहरीले पक्रनू भनेर आदेश दिएको छ। उनी मन्त्री भएर हिँडिरहेका छन्।'

अहिले पूर्णिमाया २१ वर्षीय छोरी सम्झना लामाका साथ काठमाडौंको गौरीघाटमा दुई कोठा भाडामा लिएर बस्छिन्। छोरीको ६ हजार तलबले पूर्णिमाया, सम्झना र सानी छोरी सुनीको खर्च टार्न धौधौ हुन्छ।

'सुनीका बालाई मार्ने अहिले मन्त्री भएका छन्,' पूर्णिमायाले भनिन्, 'केही नगरेका हामी घरको न घाटको भएर यसरी न्याय खोजिरहेका छौं।'




पूर्णिमायाको जाहेरी अलपत्र
एड्भोकेसी फोरमको अनुसन्धानपछि पूर्णिमायाले 'श्रीमान् मार्नेविरुद्ध' काभ्रे प्रहरीमा २०६४ असार २९ गते जाहेरी दिइन्। जाहेरीमा उनले ऊर्जाराज्यमन्त्री सूर्यमान दोङ, पूर्वसूचना तथा सञ्चारमन्त्री अग्नि सापकोटा, श्रीमान् अपहरण गरेर लैजाने भोला अर्याल, यादव पौडेल, श्याम गौतम र नर्पु मोक्तानको नाम किटेकी थिइन्। प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेन। त्यसपछि उनी सर्वोच्च अदालत पुगिन्। सर्वोच्चले 'जाहेरी दर्ता गर्नू' भन्दै आदेश दिएपछि २०६५ फागुन २७ गते काभ्रे प्रहरीमा उनको जाहेरी दर्ता भयो। प्रहरीले जाहेरीमा दोषी किटिएकालाई पक्राउ गर्न वारेन्ट जारी गर्‍यो। तर, उनीहरू खुलेआम हिँडिरहे। झलनाथ खनालको मन्त्रिपरिषद्मा सापकोटा मन्त्री नै भएपछि 'प्रहरीले पक्राउ गर्न वारेन्ट जारी गरेका आरोपी मन्त्रीलाई राजीनामा गराउन माग गर्दै' पूर्णिमाया सर्वोच्च गइन्।
सर्वोच्चले जाहेरी परेकै भरमा कसैलाई दोषी भन्न नमिल्ने भन्दै सापकोटालाई मन्त्री पदबाट हटाउन नपर्ने निर्णय सुनायो। सम्भवतः त्यसैलाई आधार बनाएर बाबुराम भट्टराई सरकारले दोङलाई राज्यमन्त्री नियुक्त गरेको हो।
सापकोटाको मुद्दामा मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनका आधारमा पनि अभियोगपत्र दायर भएपछि मात्र सार्वजनिक पदमा रहन नमिल्ने भन्ने मान्यता रहेकै आधारमा उनलाई पदबाट हटाउनुपर्ने नदेखिएको सर्वाेच्चले भनेको थियो। 'मन्त्री पदमा नियुक्त हुन अन्तरिम संविधानको धारा ३८ ले योग्यता निर्धारण गरेको अवस्थामा आफूउपर कुनै जाहेरी दर्खास्त परेको अवस्थामा सार्वजनिक पदधारण गर्न र पदमा रहिरहन नैतिकता, सदाचार र मानवअधिकारसम्बन्धी विश्वव्यापी मान्यताबाट उचित हुने/नहुने त्यो पदमा नियुक्त हुने व्यक्तिको विवेकबाट निर्देशित हुन्छ,' आदेशमा थियो। त्यो स्वविवेक न सापकोटाले प्रयोग गरे, न दोङले।
अहिले पूर्णिमायासँग दोङविरुद्ध लड्ने आधार छैन। उनले आफ्नो श्रीमान्को नाडीमा भएको घडी दोङले लगाएको देखेकी छिन्। यो कुरा उठाएपछि अहिले दोङले त्यो घडी लगाउन छाडेका छन्।
पीडित पूर्णिमायाले कर्तव्य ज्यानमुद्दामा दायर गरेको जाहेरीमा कानुनबमोजिम अनुसन्धान जारी राख्न र त्यसमा आफू जाहेरी भएको कारणले सापकोटा आफैँले प्रहरीलाई सहयोग गर्नुपर्ने सर्वोच्चको आदेशमा थियो। काभ्रे जिल्लामा जाहेरी परे पनि त्यसपछिको अनुसन्धान फितलो रहेको भन्दै अनुसन्धानलाई सघाउ पुर्‍याउन र त्यसको प्रतिवेदन सर्वोच्चमा बुझाउन महान्यायाधिवक्ताको कार्यालयलाई सर्वोच्चले आदेश दिए पनि यसको कार्यान्वयन भएको छैन।
सर्वोच्चले प्रहरीलाई अनुसन्धान अगाडि बढाउन र अनुसन्धानमा बाधा पुगे/नपुगेबारे १५ दिनको फरकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत अदालतलाई जानकारी गराउन काभ्रे प्रहरीलाई आदेश दिएको थियो।

श्रोत: नागरिक न्युज
READ MORE - यसरी मारिए मेरा श्रीमान्

ऋण नतिर्दा एसएलसीकै मार्कसिट रोक्का

Sunday, September 25, 2011


यो लेख हाम्रो नेपाली गाउघरको उपज भएकोले यसलाई मैले नागरिक न्युजबाट सभार गरेको छु । यस किसिमको सस्कारलाई हामीले त्यागनु पर्छ । कसैको जिन्दगी माथि खेलवाड गर्ने लाई समाज देखिनै निकल्नु पर्छ । बाबुले भैंसी किनेको ऋण तिर्न नसक्दा जाजरकोटका बादी समुदायका एक विद्यार्थीले एक वर्षअघि एसएलसी पास गरेको मार्कसिट र चारित्रिक प्रमाणपत्र अझै पाएका छैनन्। टालेगाउँ- ६ बादीटोलका भक्ते वादीले सोही गाविस- ४ हडुलेका नरबहादुर सिंहको भैंसी किनेको ऋण तिर्न नसक्दा उनका छोरा तिले बादीले एसएलसी पास गरेको मार्कसिट र प्रमाणपत्र नपाएका हुन् । समाचार पुरा पढनको लागि यहाँ क्लिक गर्नु होला ।

तपाईंको प्रतिकृया यहाँ लेख्न नभुल्नु होला ।
READ MORE - ऋण नतिर्दा एसएलसीकै मार्कसिट रोक्का