Showing posts with label नेपालको अर्थतन्त्र. Show all posts
Showing posts with label नेपालको अर्थतन्त्र. Show all posts

ग्यासमा विद्यार्थी र विपन्न परिवारका लागि ३३ प्रतिशत छुट

Thursday, February 2, 2012


काठमाण्डौ उपत्यकामा ग्यासको आपूर्तिमा आएको असहजता प्रति नेपाल सरकारको गंभिर ध्यानकर्Èण्ँ भएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूले आजै बाण्ँिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयका अधिकारीहरुलाई कार्यालयमा बोलाई सातदिन भित्र आपूर्ति सहज बनाउन चाहिने सबै प्रबन्ध मिलाउन निर्देशन दिनु भएको छ । बिभिन्न आन्तरिक र बाह्य कारण्ँले गर्दा बिगतमा ग्या“सको आपूर्तिमा कमी आएको भएतापनि आजदेखि आपूर्तिको परिमाण्ँ बढ्ने भएको छ । यसकालागि सरकारले सम्बन्धित पÔस“ग कुरा गरिसकेको छ । साथै ग्या“स आपुर्तिकालागि नेपाल आयल निगमलाई आबश्यक रकमको ब्यबस्था पनि मिलाइएको छ । ग्या“स जस्तो अत्याबश्यक बस्तुमा श्रोत साधनको उपलब्ध तथा आबश्यक सुधारात्मक कदमहरु अबलम्बनगरी उचित मुल्यमा उपलब्ध गराउने नीतिलाई सरकारले निरन्तरता दिने छ ।
आजै सम्माननीय प्रधानमन्त्रिज्यूले ग्या“स उत्पादक तथा बिक्रेता महासंघ एंब पेट्रोलियम डिलर्स एशोसियसनका पदाधिकारीस“ग बितरण्ँ नियमित गर्ने र आपूर्ति सहज बनाउने बिÈयमा छलफल गर्नु भयो । तत्काल कुनकुन ग्या“स कहा“ कहा“बाट कति परिमाण्ँमा बिक्रीण् हुन्छन् भन्ने जानकारी सर्व साधारण्ँलाई नेपाल आयल निगमले गराउने छ । यस बिÈयमा मन्त्रिपरिषदले रु २ अर्व रकम उपलब्ध गराउने र सहज आपूर्ति मिलाउने निणर्य गरेको छ ।
ठूलो परिमाण्ँमा बिकास निर्माण्ँको बजेट कटौती गरि पेट्रोलियम पदार्थमा सरकारले सहुलियत मूल्यमा बिक्री गर्न प्रवन्ध मिलाएको र हाम्रो जस्तो भूपरिबेष्ठित आङ्खनो उत्पादन शून्य भएको एबं एउटै आपूर्तीकोबाटो भएको मुलुकमा सधैभरी महङ्गोमा खरिदगरी सस्तोमा बेच्नु बुद्धिमानी हु“दैन । अहिले पनि खरिदमूल्य भन्दा बिक्री मुल्य कम भएका पेट्रोलियम पदार्थको कारोबारबाट ठूलो घाटा बेहोर्नु परेको अबस्था छ । सरकारले अर्थ राजनीतिलाई ध्यानमा राखी हदैसम्मको लचकता अपनाउ“दै आएको छ । यस्तो बिÈयमा दलगत छुद्र स्वार्थमा नलाग्न र कानून हातमालिने जस्तो कार्य नगर्न नगराउन नेपाल सरकार समब्द्ध सबैलाई हार्दिक आग्रह गर्दछ ।

ग्यासमा विद्यार्थी र विपन्न परिवारका लागि ३३ प्रतिशत छुट

२९ माघ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्यार्थी र विपन्न परिवारका लागि ग्यास तथा डिजेलमा ३३ प्रतिशत छुट दिने घोषणा गर्नु भएको छ ।
आन्दोलनरत १३ विद्यार्थी संगठनका प्रतिनिधिहरुसँगको छलफलका क्रममा उहाँले यस्तो घोषणा गर्नुभएको हो । विद्यार्थी र विपन्न परिवारलाई ३३ प्रतिशत छुट दिने तथा उनीहरुको मोडालिटी तयार गर्नका लागि राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल समेत गठन गर्ने सहमति भएको छ । जसमा अर्थ, कृषि, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तथ्यांक विभागका प्रतिनिधिहरु रहनेछन् ।
जस अनुसार विद्यार्थी र विपन्न परिवारका लागि ग्यास र मट्टितेल तथा किसानका लागि डिजेलमा सहुलियत दिईने छ । यो घोषणासँगै प्रधानमन्त्री भट्टराईले विद्यार्थीहरुका सम्पूर्ण आन्दोलन फिर्ता लिन आग्रह गर्दै शान्ति प्रक्रिया र संविधान निर्माणमा सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
READ MORE - ग्यासमा विद्यार्थी र विपन्न परिवारका लागि ३३ प्रतिशत छुट

यस्तो हुँदै छ माइतीघर-तीनकुने

Tuesday, January 10, 2012

सुरज कुँवर

माईतीघर तीन कुने सडकलाई तीन तीन लेनको दुई तिर सडक । विचमा तीन मिटरको मेडियन । सडक मास्तिर अहिले जस्तो केवुल, टेलिफोन र विजुलीका तारको झुत्रा झुत्री केहि देखिने छैन । सबै मुनिबाट । सुन्दा लाग्छ, यो कुनै विकसित शहरको सडकको कुराकानी हुदैछ । तर होईन, माईतीघर तीन कुने सडकलाई यस्तो बनाउन सरकार लागि परेको छ ।

उपत्यका नगर विकास समितिसहित चार निकायले मंसिरदेखि थालेको सडक विस्तार अभियानमा नक्सा र अनुगमनको जिम्मा सम्हालिरहेको 'उपत्यका सडक सुधार अनुगमन समन्वय समिति' ले यस्तो तयारी गरेको हो ।

समितिका संयोजक तथा मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक देवेन्द्र कार्कीका अनुसार नमुनाका रूपमा सुधारिन लागेको ३ किलोमिटर दूरीको यो सडक ५० मिटर फराकिलो हुनेछ । यो अनरनिको राजमार्गमा पर्छ । 'जापानले बनाइदिएको तीनकुने भक्तपुर सडक जस्तै गुणस्तरयुक्त बनाउने तयारी छ,' उनले कान्तिपुरसित भने ।

समितिका अर्का सदस्य इन्जिनियर चन्द्र सुवेदीका अनुसार कुल ५० मिटरको सडकको बीचमा ३ मिटरको सडक छुट्याउने मेडियन राखिनेछ । मेडियनले दुई लेनलाई छुट्याउँछ । यो राखिएपछि अहिले जस्तो सिमेन्टका डिभाइडर राख्नुपर्ने छैन । उनले बताएअनुसार भविष्यमा माइतीघरदेखि तीनकुने सडकखण्डमा फलाइओभर राख्नुपरे पनि यो मेडियनले काम गर्ने छ । अवधारणा अनुसार दुवैतिरका सडकको चौडाइ ९ मिटर हुनेछ । जहाँबाट गाडी गुड्ने छन् ।

यससँगै १/१ मिटर फराकिलो नाली -टिक ड्रेन) राखिने छन् । यहाँबाट पसेको पानी साइड डे्रनमा बग्ने छ । साइड डे्रन दुवैतिर हुने छन् । त्यसैगरी दुवै सडकमा ७/७ मिटरको बिस्तारै गुड्ने सवारी चल्ने सर्भिस ट्रयाक राखिने छ । यसपछि २/२ मिटर फराकिला साइकल ट्रयाक हुने छन् । यो साइकल यात्रीको प्रयोगका लागि हुनेछ ।

साइकल ट्रयाकको मुनि युटिलिटी डक्ट हुने छ । जस्मा विद्युत्, टेलिकम लगायत केबल, तार र खानेपानीको पाइप हुने छन् । युटिलिटी डक्ट राखिएपछि अहिले जस्तो खानेपानीको लाइन बिस्तार गर्दा सडक खन्नुपर्ने झन्झट हट्ने छ । साइकल ट्रयाकपछि अन्तिममा ४/४ मिटर फुटपाथ बनाइने छ ।

सडकको २५ देखि ५० मिटरको दूरीमा बाटो क्रसिङ राखिने छन् । यसबाट बिच्छ्याइएका तार,पाइप, केवल एक लेनबाट अर्को लेनमा लैजान सकिने छ । 'नक्सा तयार हुँदै छ, छलफलबाट यस्तो अवधारणा आएको छ,' सुवेदीले भने, 'मन्त्रायलले स्वीकृत गरे यसै अवधारणा अनुसार सडक बन्ने छ ।'

सडक विभागले यस अवधारणाबारे जानकारी गराउन टेलिकम, खानेपानी र विद्युत् प्राधिकरणलाई पनि छलफलमा सहभागी गराउँदै आएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका वरिष्ठ प्रबन्धक चन्द्रलाल नकर्मी र विद्युत् प्राधिकरणका प्रबन्धक महेन्द्रराज अधिकारीले सरकारको अभियानलाई सघाउन सडक विभागले नक्सा तयार पारेपछि डिजाइन अनुसार काम गर्ने बताए ।

संयोजक कार्की रहेको समितिमा सडक विभागको रोड/ट्राफिक युनिटका प्रमुख सुवेदीसहित भक्तपुर सडक डिभिजन प्रमुख सरोज प्रधान, विभागकै सम्भार महाशाखाका डिई गम्भीर श्रेष्ठ, सडक विस्तार आयोजना प्रमुख नारायण न्युरे सदस्य छन् । यस समितिलाई भत्काइएका सडकको नक्सा बनाउन र निर्माणमा सहजीकरण गर्न जिम्मेवारी दिइएको छ ।

श्रोत: कन्तिपुर
READ MORE - यस्तो हुँदै छ माइतीघर-तीनकुने

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा भने, जस्ताको त्यस्तै ?

Tuesday, August 23, 2011


अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा भने, जस्ताको त्यस्तै ?

तपाईंको प्रतिकृया लेख्नु होला ।
READ MORE - अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा भने, जस्ताको त्यस्तै ?