चैत्र मसान्त भित्रमै सेनासमायोजन प्रक्रियाले पुर्णता पाउँछ–प्रधानमन्त्री

Sunday, April 1, 2012


काठमाण्डौ, १९ चैत्र
प्रधानमन्त्री डा. बावुराम भट्टराईले चैत्र मसान्त भित्रमानै सेना समायोजनको प्रक्रिया पुरा हुने बताउनु भएको छ । प्रधानमन्त्रीले शान्ति प्रक्रियाको महत्वपुर्ण पाटोको रुपमा रहेको समायोजन प्रक्रिया चैत्र मसान्त भित्रमै पुराहुनेमा शंका नगर्न आग्रह गनुभयोे । उहाँले भन्नुभयो ‘सेना समायोजनको कार्यतालकिका समयमै पुरा हुन्छ यसमा शंका गर्नुपर्दैन’ ।

सेना समायोजन विशेष समति बैठक सम्पन्न

काठमाण्डौ, १९ चैत्र
सेना समायोजन विशेष समितिको बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा चैत्र ३० गते सम्ममा स्वईच्छिक अवकासमा जाने लडाकुहरुलाई अवसर दिने र समायोजनमा जानेहरुलाई समायोजन केन्द्रमा पठाउने विस्तृत कार्ययोजना कार्यान्वयन गर्ने बारे छलफल भएको छ । वैठकले कार्यतालिका बनाएर स्वइच्छिक अवकासको प्रक्रिया थाल्ने बारे सहमति गरेको छ ।

समायोजनमा जानेहरुको लागि समायोजन केन्द्रमा पठाउने बारे पनि बैठकमा छलफल भएको छ । समायोजनमा जानेहरुकालागि विविध, प्रक्रिया मापदण्ड र प्रक्रिया बारे पनि बैठकमा छलफल भएको छ । समायोजन केन्द्र कुन कुन रहने भन्ने बारे र समायोजन प्रक्रियालाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे बैठकमा सहमति भएको छ । माओवादी सेनाका लडाकु, शिविर तथा हतियार नेपाली सेनाको मातहत ल्याउने बारे पनि बैठकमा करिव सहमति भएको छ ।
समायोजनमा जाने लडाकुहरुको प्रारम्भीक छनौट विधि तालिम र पदस्थापनको विषयमा छलफल टुंगिइसकेको छैन । सकारात्मकरुपमा अगाडि बढेको छलफलले यी विषयमा भोली सोमबार सहमति गरेर टुंग्याउने सहमति गरेको छ । विशेष समितिको वैठक भोलि ५ः३० बजे बानेश्वर स्थित समितिको कार्यालयमा बस्नेछ ।

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment