यस्तो हुँदै छ माइतीघर-तीनकुने

Tuesday, January 10, 2012

सुरज कुँवर

माईतीघर तीन कुने सडकलाई तीन तीन लेनको दुई तिर सडक । विचमा तीन मिटरको मेडियन । सडक मास्तिर अहिले जस्तो केवुल, टेलिफोन र विजुलीका तारको झुत्रा झुत्री केहि देखिने छैन । सबै मुनिबाट । सुन्दा लाग्छ, यो कुनै विकसित शहरको सडकको कुराकानी हुदैछ । तर होईन, माईतीघर तीन कुने सडकलाई यस्तो बनाउन सरकार लागि परेको छ ।

उपत्यका नगर विकास समितिसहित चार निकायले मंसिरदेखि थालेको सडक विस्तार अभियानमा नक्सा र अनुगमनको जिम्मा सम्हालिरहेको 'उपत्यका सडक सुधार अनुगमन समन्वय समिति' ले यस्तो तयारी गरेको हो ।

समितिका संयोजक तथा मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक देवेन्द्र कार्कीका अनुसार नमुनाका रूपमा सुधारिन लागेको ३ किलोमिटर दूरीको यो सडक ५० मिटर फराकिलो हुनेछ । यो अनरनिको राजमार्गमा पर्छ । 'जापानले बनाइदिएको तीनकुने भक्तपुर सडक जस्तै गुणस्तरयुक्त बनाउने तयारी छ,' उनले कान्तिपुरसित भने ।

समितिका अर्का सदस्य इन्जिनियर चन्द्र सुवेदीका अनुसार कुल ५० मिटरको सडकको बीचमा ३ मिटरको सडक छुट्याउने मेडियन राखिनेछ । मेडियनले दुई लेनलाई छुट्याउँछ । यो राखिएपछि अहिले जस्तो सिमेन्टका डिभाइडर राख्नुपर्ने छैन । उनले बताएअनुसार भविष्यमा माइतीघरदेखि तीनकुने सडकखण्डमा फलाइओभर राख्नुपरे पनि यो मेडियनले काम गर्ने छ । अवधारणा अनुसार दुवैतिरका सडकको चौडाइ ९ मिटर हुनेछ । जहाँबाट गाडी गुड्ने छन् ।

यससँगै १/१ मिटर फराकिलो नाली -टिक ड्रेन) राखिने छन् । यहाँबाट पसेको पानी साइड डे्रनमा बग्ने छ । साइड डे्रन दुवैतिर हुने छन् । त्यसैगरी दुवै सडकमा ७/७ मिटरको बिस्तारै गुड्ने सवारी चल्ने सर्भिस ट्रयाक राखिने छ । यसपछि २/२ मिटर फराकिला साइकल ट्रयाक हुने छन् । यो साइकल यात्रीको प्रयोगका लागि हुनेछ ।

साइकल ट्रयाकको मुनि युटिलिटी डक्ट हुने छ । जस्मा विद्युत्, टेलिकम लगायत केबल, तार र खानेपानीको पाइप हुने छन् । युटिलिटी डक्ट राखिएपछि अहिले जस्तो खानेपानीको लाइन बिस्तार गर्दा सडक खन्नुपर्ने झन्झट हट्ने छ । साइकल ट्रयाकपछि अन्तिममा ४/४ मिटर फुटपाथ बनाइने छ ।

सडकको २५ देखि ५० मिटरको दूरीमा बाटो क्रसिङ राखिने छन् । यसबाट बिच्छ्याइएका तार,पाइप, केवल एक लेनबाट अर्को लेनमा लैजान सकिने छ । 'नक्सा तयार हुँदै छ, छलफलबाट यस्तो अवधारणा आएको छ,' सुवेदीले भने, 'मन्त्रायलले स्वीकृत गरे यसै अवधारणा अनुसार सडक बन्ने छ ।'

सडक विभागले यस अवधारणाबारे जानकारी गराउन टेलिकम, खानेपानी र विद्युत् प्राधिकरणलाई पनि छलफलमा सहभागी गराउँदै आएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका वरिष्ठ प्रबन्धक चन्द्रलाल नकर्मी र विद्युत् प्राधिकरणका प्रबन्धक महेन्द्रराज अधिकारीले सरकारको अभियानलाई सघाउन सडक विभागले नक्सा तयार पारेपछि डिजाइन अनुसार काम गर्ने बताए ।

संयोजक कार्की रहेको समितिमा सडक विभागको रोड/ट्राफिक युनिटका प्रमुख सुवेदीसहित भक्तपुर सडक डिभिजन प्रमुख सरोज प्रधान, विभागकै सम्भार महाशाखाका डिई गम्भीर श्रेष्ठ, सडक विस्तार आयोजना प्रमुख नारायण न्युरे सदस्य छन् । यस समितिलाई भत्काइएका सडकको नक्सा बनाउन र निर्माणमा सहजीकरण गर्न जिम्मेवारी दिइएको छ ।

श्रोत: कन्तिपुर

2 तपाईंको प्रतिकृया लेख्नु होला ।:

NICE POST AND BLOG :)

Anonymous said...

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

Post a Comment