Friday, September 16, 2011

सडक बालबालिकाहरु बढ्दै गए पनि सम्बन्धित निकाय बेखबर

सडक बालबालिकाहरुको सख्या दिनप्रतिदिन बढ्दै गएपनि सम्बन्धित निकाय भने बेखबर रहेको छ ।

पारिवारीक आर्थिक समस्याको कारण पछिल्लो समयमा सडक बालबालिकाहरु बढ्दै गएका पनि सम्बन्धित निकाय बेखबर रहेको हो । अधिकांश सडक बालबालिकाहरु दुव्र्यसनीमा फसिसकेको छन् । नेपालमा बिकराल समस्याको रुपमा सडक बालबालिकाहरु खडा भएपनि कसैले त्यसप्रति ध्यान दिएको छैन । उनीहरुले शहरका मुख्य चौकमा तथा सर्वजनिक स्थलहरुमा खुल्लाम खुल्ला रुपमा विभिन्न नशा जन्य लागुपदार्थ सेवन गर्ने गरेका छन् । जुत्ता तथा विभिन्न कलकारखानामा प्रयोग हुने डेन्ड्राइट, गाँजा, सिरिन्ज तथा विभिन्न नशाजन्य लागुपदार्थहरु सेवन गर्छन् उनीहरु नसालु पदार्थ सेवन गर्नैको लागि भएपनि सडक वालवालिकाहरुले ठुलो अपराध समेत गर्न सक्ने खतरा प्रति विभिन्न राजनैतिक दल बुद्धिजिवी, विभिन्न संघ संस्था, प्रहरी प्रशासन, नागरिक समाज, समाजसेवी लगायत सवै सचेत हुनु पर्ने जरुरी देखिन्छ ।

No comments:

Post a Comment